एउटा राजा फालेर सयौं राजा ल्यायो भन्नेले राजनीति बुझेकै छैन : मुख्यमन्त्री पाण्डे

आदर्श समाज सम्वाददाता
मंसिर १७, २०८०
NC Kaski 2(1) Photo 1

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेता तथा कार्यकर्ताले जिम्मेवारी अनुसार कर्तव्य पुरा गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस, कास्की क्षेत्र नम्वर २ (क) को क्षेत्रीय सम्मेलनमा मुख्यमन्त्री पाण्डेले पार्टी बलियो बनाउन नेता कार्यकर्ता जिम्मेवार हुनुपर्ने बताएका हुन् ।

जनताका सामु आफ्ना धारणा सार्वजनिक गर्दा विश्लेषण गरेर पृष्ठभूमि बुझेर अघि बढ्न उनको सुझाव थियो । ‘जनता सामु जाँदा अनि सामाजिक सञ्जालमा धारणा व्यक्त गर्दा त्यसको पृष्ठभूमि बुझेर विश्लेषण गरेर आफ्ना धारणा राख्नुपर्छ,’ उनले भने, ‘कसैले यहाँ एउटा राजा फालेर सयौं राजा ल्यायो भन्छ भने उसले यात राजनीति बुझेको छैन या त बहकिरहेको छ ।’ नेता तथा कार्यकर्ताहरुले आफ्ना कमजोरी नदेख्ने तर अरुका गल्तीमा खेल्ने भएका कारण नेपाली कांग्रेस विग्रिएको उनको भनाइ थियो ।

एक फरक प्रसंगमा उनले गठबन्धन समयको आवश्यकता रहेको उनले बताए । अरु पार्टीले गठबन्धन गर्दा पनि कांग्रेसले एक्लै जित्ने संगठन बनाउन उनको आग्र थियो । यसैगरी आफू कांग्रेसबाट जितेर गण्डकी प्रदेशको मुख्यमन्त्री भएकाले आगामी दिनमा कांग्रेस कमजोर हुने कार्य नगर्ने प्रतिवद्धता जनाए । ‘सकेसम्म राम्रो गर्ने प्रयास गर्छु नसकेको खण्डमा नराम्रो गर्दिन् । यो मेरो प्रतिवद्धता भयो,’ उनले भने । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बरालले पार्टी बलियो बनाउन कार्यकर्ता अनुशासित हुनुपर्ने बताए ।

नेपाली काग्रेस कास्की सभापति किशोरदत्त बरालले व्याक्तिगतभन्दा देश र समाजको हितको विषयमा चनाखो भएर लाग्नुपर्ने बताए । पार्टी विधान सम्मत नचले धरापमा पर्ने उनको भनाइ थियो । अहिले नेपाल विद्यार्थी संघ र महिला संघमा विवाद रहेकाले यसमा केन्द्रको विधान अनुसार जसलाई मनोनीत गरेर पठाएको छ उसैलाई आधिकारिता दिने उनले बताए । नेपाली कांग्रेस कास्कीले पनि छिट्टै जिल्ला सम्मेलन गर्ने उनले सुनाए ।

नेपाली कांग्रेसका महासमिति सदस्य देवराज चालिसेले कांग्रेसको लोकप्रिय मत घट्दै गएकोमा चिन्ता व्यक्त गरे । ‘हाम्रो लोकप्रिय मत घट्दै गएको छ । ०७४ सालको निर्वाचनमा २३ सिट जित्दा ३१ लाख मत पाएको कांग्रेसले ०७९ मा ८९ सिट जित्दा लोकप्रिय मत घटेर २७ लाख पुगेको छ,’ उनले भने, ‘यसलाई बढाउन कांग्रेस सुधारिन आवश्यक छ । भोटमा नयाँ ट्रेण्ड आएको छ । यसमा पनि चनाखो भएर लाग्नुपर्छ ।’ हिजोलाई बिर्सिएर भोलीलाई सुधार्ने गरी अघि बढ्न उनको सुझाव थियो । ‘हामीलाई हिजो बदल्न गाह्रो छ तर, भोली हाम्रो हातमा सुधार्न नसकिने होइन सुधार्न सकिन्छ,’ उनले उनले भने ।

कार्यक्रममा संविधान सभा सदस्य विन्दा राना, क्षेत्र नम्बर २ का सभापति केशवप्रसाद निर्दोषी, नेपाल विद्यार्थी संघका नेता निर्दोष विक्रम पौडेल, महाधिवेशन प्रतिनिधि नम्रता बराल, पोखरा महानगर सभापति सुरेन्द्रमान विजुक्छे लगायतले पार्टी बलियो बनाउन भातृ संगठनको विवाद समाधान गर्दै जिम्मेवार हुनुपर्ने बताएका थिए ।

नेपाली कांग्रेस, कास्की क्षेत्र नम्वर २ (क) मा १४ औं महाधिवेशनपछि पार्टीका नेता तथा कार्यकर्ताहरुको सुखदुखमा सामाजिक सद्भाव कायम राख्दै विभिन्न काम गरिएको सभापति दिनेश आचार्यले बताए । अहिलेसम्म ११ पूर्ण एवं पदाधिकारी बैठक बसी विभिन्न निर्णय गरिएको उनले सुनाए । क्षेत्रीय सम्मेलनमा सचिव टंकप्रसाद अधिकारीले सांगठनिक र कोषाध्यक्ष टिकाराम सुनारले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width