‘एक पैसा दानको पनि ठूलो महत्व’

आदर्श समाज सम्वाददाता
मंसिर १७, २०८०
tao photo

पोखरा । ताओ एसोसिएसन नेपालद्वारा पोखरा–१, मानसडकस्थित ताओ मन्दिरमा शनिबार धर्मसभा भयो ।

गण्डकी प्रदेशका २२ ताओ सेन्टरका १ सय ५० प्रतिनिधिले भाग लिएको सो सभामा ताओ मन्दिरको थप निर्माणका लागि विभिन्न समूह र महानुभावबाट दान प्रदान भएको छ ।

त्यस अवसरमा पोखरा लेखनाथस्थित सैनिकवस्तीको नवज्योति आमा समूहले ३ लाख ३ सय १६ रुपैयाँ दान गरेको थियो ।

सभामा प्रमुख ताओ गुरु छेएन रनले दानको महिमाबारे प्रकाश पार्दै एक पैसा दानको पनि ठुलो महत्व हुने बताए ।

मलेसियन गुरु सन्ध्याले आफ्नो लागिमात्र नभै अरुको लागि पनि केही गर्नु श्रेयष्कर कार्य भएको उल्लेख गरिन् । लामा मीन गुरुले मानिसको नैतिक आचरणबारे बताउँदै असल काम गर्दामात्र शान्ति मिल्ने विचार व्यक्त गरे ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width