पवित्र सहकारीको सम्मान

आदर्श समाज सम्वाददाता
मंसिर १७, २०८०
Pabitra Saving News (3)

पोखरा । पवित्र बचत तथा ऋण सहकारी संस्थाले विद्यार्थीलाई सम्मान गरेको छ ।

संस्थाले सेयर सदस्य र सदस्यका छोराछोरीमध्ये प्लस टुदेखि विद्यावारिधि पूरा गरेका २२ जनालाई सम्मानित गरेको हो ।

संस्थाका सल्लाहकार श्रीबहादुर रानाभाट, ठाकुरप्रसाद रानाभाट र अध्यक्ष बुद्धिबहादुर रानाभाटलगायतले उनीहरुलाई सम्मान गरेका हुन् । रानाभाट÷भाट समाज नेपालका कास्की अध्यक्ष सूर्यबहादुर रानाभाटले क्षमतावान प्रतिभाका लागि अवसरले खोज्दै आउने भएकाले सबैले आफूलाई अब्बल तुल्याउन आवश्यक रहेको बताए ।

सम्मानित विद्यार्थीतर्फबाट विद्यावारिधि पूरा गरेका छात्र दीपेश रानाभाटले सम्मानित हुन पाउँदा गौरवबोध भएको बताए ।

प्लस टुमा उत्कृष्ट छात्रामध्येबाट विशेषता रानाभाटले संस्थाको सम्मानले आफूलाई प्रोत्साहन मिलेको भन्दै आभार व्यक्त गरिन् ।

कार्यक्रममा माछापुच्छे« ४ की जनप्रतिनिधि गंगा रानाभाट, काहुँखोला इकाइ अध्यक्ष सुवेदार भीमबहादुर रानाभाट, सञ्चालक समिति सदस्य पूर्व प्रहरी नायव निरीक्षक यामबहादुर रानाभाट, गोमादेवी रानाभाट, शिक्षा उपसमिति संयोजक असफल गौतम, ऋण उपसमिति सदस्य प्रतिभा रानाभाटलगायतले बोेलेका थिए । सहकारा अध्यक्ष बुद्धिबहादुर रानाभाटको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव चन्द्रु रानाभाटले गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width