पोखरा । पोखरा ५ जिरो किमीस्थित मयूर बहुउद्देश्यीय सहकारी संस्थाको दोस्रो वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । कार्यक्रम उद्घाटन सत्रमा पोखरा महानगरपालिका सहकारी समितिका निवर्तमान अध्यक्ष तेजनारायण अधिकारीले सहकारीमा सुशासन नभएका कारण अस्थिरता पैदा भएको बताए । पछिल्लो समय सहकारीलाई हेर्ने दृष्टिकोणमा नकारात्मकता सिर्जना भए पनि यसको समाधान हुने उनको भनाइ थियो । सुशासन र व्यवस्थापन पक्ष बलियो बनाएमा सहकारी सफल हुने उनले बताए । सहकारीलाई नियमित चेकजाँज र अनुगमन आवश्यक रहेको उनको भनाइ थियो ।
सहकारीका अध्यक्ष मीनराज खड्काले कास्की जिल्लाकै उत्कृष्ट सहकारी बनाउने योजनाका साथ अघि बढिएको बताए । अध्यक्ष खड्काले आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन र सहकारीको भावी कार्यक्रम तथा योजनासमेत प्रस्तुत गरेका थिए ।
उद्घाटन सत्रमा मानसा सहकारीका अध्यक्ष गोविन्द देवकोटा, नेसनल लाइफ इन्स्योरेन्स लेखनाथ शाखाका प्रमुख छविलाल पौडेल, प्राइम कमर्सियल बैंक स्याङ्जा शाखाका प्रमुख शालिकराम लामिछाने, अभियान युवा क्लबका अध्यक्ष राजु गिरी, सेयर सदस्य कपिल पौडेललगायतले शुभकामना व्यक्त गरे ।
संस्थाका उपाध्यक्ष सरस्वती पौडेलको स्वागत रहेको कार्यक्रम सहकारीका व्यवस्थापक दीपेन्द्र पौडेलले सञ्चालन गरेका थिए । सहकारीका सात सिद्धान्तको वाचन सचिव सुनील पराजुलीले गरेका थिए ।
सहकारीमा हाल १ सय ८२ जना सेयर सदस्य छन् । हाल सहकारीको चुक्ता पुँजी ८२ लाख ८८ हजार छ भने कर्जा लगानीमा २ करोड ७ लाख ४१ हजार ६ सय ८० रहेको सहकारीले जनाएको छ । निक्षेपतर्फ १ करोड, ५५ लाख ४१ हजार १ सय १० रहेको छ ।
Related News
सम्बन्धित समाचार
पत्रकार पोखरेल सम्मानित
रेवान पोखरामा विश्वराज
फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
बेनी–जोमसोम सडक अवरुद्ध
hero news full width
मुख्य समाचार
गायक तथा गीतकार एलपी जोशी रहेनन्
आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन
श्रावण १०, २०८१जहाज सि चेकका लागि पोखरा आउँदै थियो
श्रावण ९, २०८१