लामा फाउन्डेसनका अमृतद्वारा शैक्षिक सामग्री र पोसाक वितरण

आदर्श समाज सम्वाददाता
मंसिर १७, २०८०
Bal magar

पोखरा । लामा अमृत फाउन्डेसन घान्द्रुकका संस्थापक अमृत गुुरुङले घान्द्रुकका ३ विद्यालयमा शैक्षिक सामग्री र पोसाक वितरण गरेका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १०÷११ स्थित घान्द्रुकका सरस्वती आवि, छुर्लुङ आवि र तालवाराही आविका ३७ जना विद्यार्थीलाई फाउन्डेसनका संस्थापक गुरुङले शैक्षिक सामग्री र पोसाक वितरण गरेका हुन् ।

शैक्षिक सामग्री र पोसाक वितरणपछि फाउन्डेसनका संस्थापक गुरुङले सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यले शिक्षासँग जोडिएको बताए । ‘घान्द्रुकको विभिन्न स्थानलाई समेटेर वृत्तचित्र निर्माण गरेको थिएँ, घान्द्रुक, पोखरा र काठमाडौं लगायत स्थानपछि बेलायत र हङकङमा वृत्तचित्र प्रदर्शन गर्ने अवसर पाएँ’, गुरुङले भने, ‘फाउन्डेसनमार्फत् विभिन्न क्षेत्रमा जोडिएको छु, सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यले शिक्षासँग जोडिएको छु ।’

हामीले शैक्षिक क्षेत्रबाहेक स्वास्थ्य र खेलकुद क्षेत्रमा पनि सहयोग गर्दै उनले बताए । ‘हामीले यस अगाडि पनि विभिन्न समयमा सहयोग गरिसकेका छौं, शैक्षिक क्षेत्रसँगै यस अगाडि स्वास्थ्य र खेलकुदमा पनि सहयोग गर्दै आएका छौं,’ उनले भने । फाउन्डेसनले यसअघि लमजुङको एक विद्यालय र घान्द्रुकको तिख्यानस्थित कुर्लङवराह आधारभूत विद्यालयमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको थियो ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width