हिसान कास्की स्पोर्टस् मिट : व्याडमिन्टनका स्पर्धा सम्पन्न

आदर्श समाज सम्वाददाता
मंसिर १७, २०८०
hissan

पोखरा । १६ औं हिसान कास्की स्पोर्टस् मिटमा तेस्रो दिन शनिबार ब्याडमिन्टनका प्रतिस्पर्धा सम्पन्न भए ।

हिसान कास्कीको आयोजना पोखरा रंगशालामा जारी प्रतियोगितामा छात्र व्याडन्टिन प्लस टु सिंगल्समा बालप्रभातका सुन्दर विकले सगरमाथाका सुजन पौडेललाई पराजित गर्दै प्रथम भए । सगरमाथाका सत्यजित शर्मा र प्रतिभाका सुमित सुनार तेस्रो भएको व्याडमिन्टन प्रतियोगिता उपसमिति संयोजक पुरन कुँवरले बताए ।

छात्रातर्फ मदरल्यान्डकी आयुष्मा नेपाल पहिलो हुँदा, सगरमाथाकी रिस्ता बास्तोला दोस्रो, करुणानिधिकी सविरा गुरुङ र मदरल्याण्डकी विशेषता केसी तेस्रो भए ।

विश्वविद्यालय छात्र व्याडमिन्टन सिंगल्समा इन्फमेटिक्सका थमनसिंह थापा पहिलो, पोखरा लिंकनका रिजन सूर्यवंशी दोस्रो, पोखरा इन्जिनियरिङका सूवर्ण रुम्वा र इन्फरमेटिक्सका निश्चल भण्डारीले तेस्रो भए । छात्रा सिंगल्समा पोखरा कलेज अफ म्यानेजमेन्टकी स्वस्तिका पौडेल पहिलो, एलिका लन्चन दोस्रो, इन्फरमेटिक्सकी प्रतीक्षा गुरुङ तथा पोखरा इन्जिनियरिङकी विनिशा अधिकारी तेस्रो भए ।

त्यस्तै छात्र ब्याडमिन्टन डवल्स (प्लस टुतर्फ) बालप्रभात सुन्दर विक र जेदान सिंहको जोडी पहिलो, सगरमाथाका सत्यजित शर्मा र सुजन पौडेलको जोडी दोस्रो, ग्लोवल कलेजियटअर्जुन सहनी र लेनिन नेपाली र प्रतिभाका सुमीत सुनार र धीरज विकको जोडी तेस्रो भयो ।

छात्रातर्फ मदरल्यान्डका आयुष्मा नेपाल र प्रिस्का कडेल पहिलो, सगरमाथाका रिस्ता बास्तोला र दीक्षा गुरुङको जोडी दोस्रो, करुणानिधिका समृद्धि अधिकारी र सविरा गुरुङको जोडी तथा ग्लोबल कलेजियटका रोजिना गुरुङ र रोजिना गुरुङको जोडीले तेस्रो स्थान प्राप्त गरे ।

पिसिएमका स्वस्तिाका पौडेल र एलिका लञ्चन पहिलो हुँदा इन्फरमेटिक्सका प्रतीक्षा गुरुङ र शिखा कुँवर दोस्रो तथा पोखरा इन्जिनियरिङ अनुस्का थेवे र विनिस्का अधिकारीले तेस्रो स्थान प्राप्त गरे ।

विजेतालाई राखेप पूर्व सदस्यसचिव तथा हिसानका केन्द्रीय अध्यक्ष रमेश सिलवालले मेडल तथा प्रमाणपत्र वितरण गरे ।

१७ मंसिरसम्म चल्ने स्पोर्टस् मिटमा मावि छात्र भलिबलमा २९ र छात्रातर्फ २१ विद्यालयले भाग लिएका छन् । छात्र बास्केटबलमा सबैभन्दा धेरै ३७ विद्यालयको सहभागिता छ भने छात्रातर्फ १५ टिम सहभागी छन् । टेबुल टेनिसतर्फ २८ विद्यालयका करिब ३ सय छात्रछात्रा सिंगल्स र डबल्समा प्रतिस्पर्धा गरिरहेका छन् । व्याडमिन्टन छात्रछात्रातर्फ २४ विद्यालयका ३ सय १२ प्रतिस्पर्धीको सहभागिता छ ।

विश्वविद्यालयतर्फ बास्केटबलमा ९ वटा शैक्षिक संस्थाहरुले सहभागिता जनाएको स्पोर्टस् मिटका संयोजक डा. रामजी शर्माले बताए ।

प्रतियोगितामा हिसानमा आबद्ध ७२ मध्ये ६२ शिक्षण संस्थाले भाग लिएको हिसान कास्की अध्यक्ष यामबहादुर रोक्काले बताए ।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width