गण्डकी बोर्डिङमा विद्यार्थीको दाँत र मुख स्वास्थ्य परीक्षण

आदर्श समाज सम्वाददाता
मंसिर १६, २०८०
370300694_3693185027588941_992916144568638284_n

पोखरा । गण्डकी बोर्डिङ लामाचौर, पोखरामा शनिबार दाँत र मुख स्वास्थ्य परीक्षण सम्पन्न भएको छ । शिविरमा ३ सय जनाभन्दा बढी आवासीय विद्यार्थीको दाँत र मुख स्वास्थ्य परीक्षण गरिएको कार्यक्रम संयोजक छात्राबास निरीक्षक राजकुमार ढकालले बताए।

विद्यालयको छात्राबास व्यवस्थापन र हेल्थ एन्ड सेनिटेसन क्लब गण्डकीको आयोजनामा भएको शिविरको संयोजन छात्राबास निरीक्षक राजकुमार ढकालले गरेका थिए।

डाइनामिक डेन्टल क्लिनिक पोखराका डा. ध्रुवचन्द्र पौडेलको नेतृत्वमा ५ जना दन्त चिकित्सकले परीक्षण गरेका हुन्।

सो अवसरमा डा. ध्रुवचन्द्र पौडेलले दाँत र मुख स्वस्थ कसरी राख्ने विषयमा आफ्नो धारणा राखे।

शिविर सफल पार्न स्वास्थ्य संस्था प्रमुख सूर्य ओझा, शिक्षक रवि सुनार र होस्टेल प्यारेन्टस्, स्वयंसेवक कक्षा ११ र १२ विद्यार्थीले सहयोग गरेका थिए।

 

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width