पाल्पाली सहकारीमा चिरञ्जीवी श्रेष्ठ

आदर्श समाज सम्वाददाता
मंसिर १६, २०८०
palpali sahakari chiranjivi

पोखरा। पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था पोखराको सञ्चालक समिति अध्यक्षमा चिरञ्जीवी श्रेष्ठ निर्वाचित भएका छन् । संस्थाको शनिबार पाँचौं साधारणसभा तथा दोस्रो अधिवेशनले पुनः उनको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समिति उपाध्यक्षमा बाबुराम खनाल, सचिव रेशम थापा, कोषाध्यक्ष उमा सापकोटा, सहसचिव युमाया पचभैया र सहकोषाध्यक्ष रेनुका बज्राचार्य छन् । सदस्यमा पदमप्रसाद पोखरेल, दामोदर बस्याल, गीतादेवी शर्मा र पिताम्बर तिमिल्सिना रहेको निर्वाचन समिति संयोजक विष्णुप्रसाद लम्सालले बताए ।

लेखा समिति संयोजकमा सुनिल अर्याल र सदस्यमा केशव नेपाल र अनुपमान कर्माचार्य छन् । संस्थाका कानुनी सल्लाहकार विष्णुप्रसाद लम्साल संयोजक रहेको निर्वाचन समिति सदस्यमा ताराप्रसाद पोखरेल र नारायणप्रसाद पौडेल सदस्य थिए ।

त्यसअघि, कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीले पोखरामा पाल्पालीले व्यावसायिक उत्तरदायित्व बहन गर्नुका साथै मौलिकतालाई बचाउँदै आएको बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width