‘लोकतन्त्र विरोधी आन्दोलनको भविष्य छैन’

आदर्श समाज सम्वाददाता
मंसिर १६, २०८०
shanti samaj
पोखरा । लोकतन्त्र विरोधी आन्दोलनको भविष्य नभएको शनिवार पोखरामा आयोजित एक कार्यक्रमका वक्ताले जोड दिएका छन् ।
मानव अधिकार तथा शान्ति समाज कास्कीको आयोजनामा भएको ‘लोकतन्त्रको प्राणः सुशासन र सद्भाव’ विषयक नागरिक संवाद कार्यक्रमका वक्ताले सो कुरामा जोड दिएका हुन् ।७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारी कार्यक्रम भएको हो ।
त्यस अवसरमा धारणा राख्दै मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहारीले लोकतन्त्र विरोधी आन्दोलनको भविष्य नभएको दावी गर्दै नागरिकले ल्याएको लोकतन्त्र नागरिकले नै बचाउने उल्लेख गरे ।
उनले चेतना सहितको आलोचना गर्ने मानिसको खाँचो रहेको सुनाउँदै मानव अधिकार तथा शान्ति समाज सामाजिक न्यायको आन्दोलनमा दृढ रहेको स्पष्ट पारे ।
संस्थापक सभापति पहारीले अभिव्यक्ति स्वतन्त्रता भित्र घृणात्मक अभिव्यक्तिलाई रोक लगाइएको स्पष्ट पार्दै छाडा हिसावले बोल्ने छुट कसैलाई नभएको जनाए ।वर्तमान् सरकारले संक्रमणकालिन न्याय टुङगाएर मात्रै जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिनुपर्नेमा बिदा घोषणामा हतारो गरेको उनको टिष्पणी छ ।
अवधारण पत्र प्रस्तुत गर्दै केन्द्रीय सभापति रामकृष्ण वरालले लोकतन्त्रको रक्षाका लागि सुशासनको प्रत्याभूति र सद्भाव प्रवद्र्धन आजको आवश्यकता भएको बताए ।उनले त्यसका लागि भद्र नागरिक हस्तक्षेपका रुपमा सामुहिक अभियानको खाँचो औँल्याए । जिल्ला जिल्लामा नागरिक संकल्प गरी सामुहिक अभियान थालनी गर्न मानव अधिकार, लोकतन्त्र र अहिंसाका पक्षधरहरुसँग उनले आवहन पनि गरे ।
अवधारण पत्रमा राप्रपा सहितको संम्लग्नतामा राजनीतिक मोर्चा निर्माण गरी लोकतन्त्र विरोधी आन्दोलन चर्काउने अभ्यास भइरहेको प्रति सचेत गराइएको छ ।त्यस्तै लोकतन्त्र तथा मानव अधिकारका शास्वत मुल्यप्रति सबैले प्रतिबद्धता व्यक्त गर्नुपर्ने पनि उल्लेख छ ।सरकारको अकर्मण्यता, कुशासन र दण्डहीनताका कारण लोकतन्त्र विरोधी आन्दोलनले हाल बढी चर्चा पाएको अवधारणपत्रमा जनाइएको छ ।
अवधारणापत्र माथि समाजका कास्की अध्यक्ष रामकृष्ण ढुङगाना, मानव मिलन संस्थाका अध्यक्ष गुप्तप्रसाद शर्मा, समाजका सल्लाहकार अमृत सुवर्णकार, महिला मानव अधिकार रक्षक सञ्जाल कास्की अध्यक्ष केशु भुजेल, नेकपा माओवादी केन्द्रका शिवजी लामिछाने, समाजका शुक्रराज लामिछाने, राष्ट्रिय मानव अधिकार आयोगका मोहन काफ्ले, पत्रकार श्याम कुँवर, एकीकृत समाजवादीका सोमबहादुर नेपाली लगायतले धारणा राखे ।
उनीहरुले सरकारी कार्यालयमा सुशासन नहुदाँ सेवा लिन ग्राह्रो भएको, मानव अधिकार तथा शान्ति समाज पनि कतिपय अवस्थामा स्वतन्त्र हुन नसकेको, जनप्रतिनिधीले आफ्नो पार्टीको मात्रै सेवा गर्ने गरेको, संक्रमणकालिन न्याय गिजोलिदाँ समस्या भइरहेको तर्फ सचेत गराउँदै यथाशिध्र समाधानमा ध्यान दिन आग्रह गरे ।
संवादका सहभागिले नागरिकले सुशासन सहितको लोकतन्त्र खोजेको पनि बताएका छन् ।उनीहरुले लोकतन्त्रको विकल्प नहुने भएपनि कुशासनका कारण लोकतन्त्र धरापमा पर्दै गएको प्रति सचेत गराए।
संवादले सुशासन र सद्भावका लागि नागरिकको शान्तिपूर्ण हस्तक्षेप अनिवार्य भएको ठहर गर्दै भष्टचारको उन्मुलन र लोकतन्त्रको रक्षामा सामुहिक पहल गर्ने संकल्प पनि गरेको छ ।
नागरिक समाजले शनिवार कास्कीबाट सुरु गरेको संवादलाई देशैभर पु¥याउने भनेको छ ।
शान्ति समाज कास्की सभापति तिर्थराज न्यौपानेको अध्यक्षतामा भएको उक्त कार्यक्रम सचिव सावित्री शर्माले संचालन गरिन् ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width