पोखरा । कुष्ठरोग नियन्यण तथा अपांगता व्यवस्थापन शाखा, टेकूले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा कुष्ठरोग प्रभावितहरुको संख्या बर्सेनि बढ्दो छ । पछिल्लो ३ वर्षको आंकडा हेर्दा कुष्ठ प्रभावितहरु बढेको भेटिएको हो ।
आर्थिक वर्ष २०७५/०७६ मा १ हजार ८ सय ५३ नयाँ प्रभावित फेला परेकोमा अर्को वर्ष त्यो बढेर २ हजार १ सय ७३ पुगेको हो । पोखरा आरोग्य आश्रमका कार्यालय प्रमुख सुभाष तझ्या पनि बर्सेनि प्रभावितहरुको संख्या बढ्दै गएको बताउँछन् । यस रोग प्रति सरकारको पनि चाँसो बढेकाले नयाँ प्रभावित पत्ता लागिरहेको उनले सुनाए । ‘सरकारले पनि चासोका साथ हेर्न थालेसँगै पछिल्लो समय यसको संख्या बढिरहेको छ,’ उनले भने, ‘विशेषगरी पश्चिमतिर धनगढी, नेपालगञ्ज क्षेत्रतिर बढेको देखिन्छ ।’
तथ्यांकमा आर्थिक वर्ष २०७२/०७३ देखि निरन्तर बढेको देखिएको छ । सो आर्थिक वर्षमा ३ हजार ५४ अर्को वर्ष बढेर ३ हजार २ सय १५ पुगेको थियो । भने, आर्थिक वर्ष २०७४/०७५ मा केही मात्रामा घटेर ३ हजार १ सय ८७ नयाँ प्रभावित पत्ता लागेको थियो । त्यसपछि लगातार बढ्दो अवस्थामा छ ।
कुष्ठ प्रभावितहरुको हेरचाह र औषधोपचारको क्षेत्रमा नेपाल कुष्ठरोग निवारण संघले काम गरिरहेको छ । २०२६ साल जेठ २२ गते स्थापना भएको संघले यो क्षेत्रमा काम गर्दै आएको छ । संघ स्थापनाको धेरैपछि सरकार जोडिन आएको संघका केन्द्रीय अध्यक्ष डा. खगेन्द्रबहादुर श्रेष्ठले बताए । संघले उपचारमा सघाएसँगै उपचार पुरा हुनेको संख्या पनि वर्षेनी बढिरहेको छ । आर्थिक वर्ष २०७६/०७७ मा २ हजार ८ सय १७ जनाको उपचार पुरा भएकोमा अर्को वर्ष बढेर १ हजार ८ सय ५५ पुगेको तथ्यांक छ । यस्तै, आर्थिक वर्ष २०७८/०७९ मा त्यो संख्या अझ बढेर २ हजार ८६ पुगेको छ ।
संघ मातहत पोखरा र काठमाडौंमा आश्रम नै बनाएर प्रभावितहरुलाई राखिएको केन्द्रीय अध्यक्ष डा. श्रेष्ठले जानकारी दिए । सँगै विभिन्न अस्पतालहरुको सहकार्यमा उनीहरुको उपचारमा पनि सघाएको छ । यो बाहेक पोखरा, काठमाडौं, धनगढी, नेपालगञ्ज र धरानमा शाखा कार्यालय स्थापना गरी सेवा दिइरहेको छ ।
स्थापनाको ५४ वर्षमा संघ अहिले ५१ औं केन्द्रीय सभाका लागि पोखरा आएको छ । शनिबार पोखरामा विविध कार्यक्रम गरी संघले केन्द्रीय सभा गरेको छ । सभामा विभिन्न व्याक्तित्वहरुलाई सम्मान गरिएको थियो ।
संस्थापक उपाध्यक्ष डा. गौरीशंकरलाल दासलाई सम्मान पत्रले सम्मान गरिएको थियो । उमेरले १ सय वर्ष नाघेका उनलाई जेष्ठ सदस्यका रुपमा सम्मान गरिएको हो । यस्तै आजिवन सदस्यहरुलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो ।
सोही कार्यक्रममा पोखरा आरोग्य आश्रममा आश्रित जेष्ठ कुष्ठरोग प्रभावितहरुलाई पनि सम्मान गरिएको थियो । धर्मी देवकोटा, लक्ष्मी गुरुङ र फूलमाया अधिकारीलाई नगद ५ हजार रुपैयाँसहित सम्मान गरिएको हो । यस्तै, आश्रमलाई सहयोग गर्ने बौद्ध उपासिका संघ, बुद्ध प्रतिष्ठान, लायन्स क्लब अफ पोखरा समर्पण, लायन्स क्लब अफ पोखरा सिर्जना चौतारी, हरियोखर्क अस्पताल, पोखरा लेडी जेसिस, ढुंगेसाँघु युवा क्लब र शिवलाल आचार्यलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले संघले आगामी दिनमा कार्यक्षेत्र विस्तार लैजानुपर्ने बताए । ‘कुष्ठरोगबाट मात्र हेरेर भएन् । समय अनुसार परिवर्तन हुँदै छालाका अन्य रोगमा पनि काम गर्ने गरी सेवा विस्तार गर्ने विषयमा केन्द्रीय सभामा कुरा हुनेछ भन्ने आशा लिएको छ,’ उनले भने । सरकारले स्वास्थ्य क्षेत्रमा ठूलो रकम छुट्याएको अवस्थामा विरामी हुनुभन्दा रोग नलाग्नेतर्फ सचेत गराउने कार्यक्रम ल्याउनुपर्ने उनको भनाइ थियो । संघको आगामी कार्यमा महानगर हातेमालो गरेर अघि बढ्न तयार रहेको उनले सुनाए ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले स्वयंसेवी संस्थाका रुपमा संघले पु¥याएको योगदान अतुलनिय रहेको उनले बताए । उनले पनि संघले अन्य रोगका क्षेत्रमा काम गर्नुपर्नेमा जोड दिए ।
संस्थाको परिचयसहित कामका बारेमा महासचिव डा. रामकुमार श्रेष्ठले प्रस्तुति दिएका थिए । डा. अध्यक्ष खगेन्द्रबहादुर श्रेष्ठ, उपाध्यक्षद्वय नारायण शर्मा र हिरा उदासँगै उपमहासचिव कृष्णलाल श्रेष्ठले संघले आगामी दिनमा अझै उत्कृष्ट कार्य गर्दै अघि बढ्ने बताए ।
Related News
सम्बन्धित समाचार
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
शिवशक्ति मार्ग टोल विकास संस्थाद्वारा ४४ ज्येष्ठ नागरिकको सम्मान
ज्येष्ठ नागरिकमैत्री विविध सांस्कृतिक तथा भजन प्रतियोगिता तयारी पूरा
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१