युनिप्स खेल महोत्सव आज समापन

आदर्श समाज सम्वाददाता
मंसिर १६, २०८०
unips

पोखरा । पाँचौ युनिप्स खेल महोत्सवअन्तर्गत एथलेटिक्सतर्फका खेलहरु शुक्रबारबाट सुरु भए । प्रतियोगितामा ट्रयाक एन्ड फिल्डतर्फका खेल भने जारी रहेको युनिप्स अध्यक्ष शान्तबहादुर गुरुङले जनाए ।

शुक्रबार मावि तह छात्र १०० मिटर दौडमा होली एञ्जलका नीरज राई प्रथम भए । कालिका इङलिस बोर्डिङका शिशिर खड्का दोस्रो, बेलननका आयुष मगर तेस्रो तथा सिलसिला इङ्लिस बोर्डिङका जोन परियार चौथो भए ।

छात्रा मावि १०० मिटर दौडमा सिलसिलाकी सोफिया पौडेल, पिनाकल एकेडेमीकी आरती बानिया, कालिका इङलिस बोर्डिङकी सुस्मिता तिवारी र वेलनन एकेडेमीकी सन्ध्या विक पहिलो, दोस्रो, तेस्रो र चौथो भए ।

आधारभूत तह कक्षातर्फ छात्र १०० मिटर दौडमा वेलननका सोहन नेपाली, स्माइल स्मल हेभेन एकेडेमीका अनमोल गुरुङ, गेफका निशान चौधरी, र कालिकाका सिमन थापा मगर पहिलो, दोस्रो, तेस्रो र चौंथो भए । छात्रातर्फ सिलसिलाकी सोफिया पौडेल, स्माइल स्मल हेभेनकी स्वेच्छा पाहारी, वेलननकी शिवानी पौडेल र कालिकाकी विपीना पौडेल पहिलो, दोस्रो, तेस्रो र चौंथो भए ।

छात्र मावितर्फ २०० मिटर दौडमा कालिकाका शिशिर खड्का पहिलो, वेलननका मनीष केसी दोस्रो, गेफका दीपेश सुनार तेस्रो र होली एन्जलका सुमन परियार चौंथो हुँदा छात्रातर्फ वेलननकी सन्ध्या विक, कालिकाकी सुस्मिता तिवारी, पिनाकलकी, आरती बानिया र एकताकी वविता पौडेल पहिलो, दोस्रो, तेस्रो र चौंथो भए ।

आधारभूत तहतर्फ २०० मिटर छात्र दौडमा पिनाकलका एलेक्स तामाङ, कालिकाका रिदम सारु मगर, वेलननका यमन आले, स्माइल स्मल हेभेनका अनमोल गुरुङ तथा छात्रातर्फ होली एन्जलकी श्रेया परियार, गेफकी एन्जल राई, शिलसिलाकी एन्जल गुरुङ र स्माइल स्मल हेभेनकी स्विकृती ढकालले क्रमश पहिलो, दोस्रो, तेस्रो र चौंथो स्थान हासिल गरे ।

महोत्सवमा युनिप्समा आवद्ध १८ विद्यालयका ४ हजारभन्दा बढी विद्यार्थीले भाग लिएका छन्

मावि छात्र हाइजम्पमा स्माइल स्मल हेभेनका रोशन सुनार, कालिकाका प्रकाश त्रिपाठी, वेलननका प्रिन्स गुरुङ, पिनाकलका दीपेश सुनार तथा छात्रातर्फ कालिकाकी सुस्मिता तिवारी, स्माइल स्मल हेभेनकी विभिका अधिकारी, पिनाकल एकेडेमीकी रक्षा घोताने र होली एन्जलकी सम्पदा बरालले क्रमशः पहिलो, दोस्रो, तेस्रो र चौंथो भए ।

मावि तह छात्र लङजम्पमा गेफका आयुष दर्नाल, कालिकाका शिशिर खड्का, वेलननका मनीष केसी, स्माइल स्मल हेभेनका समीर पहारी, छात्रातर्फ वेलननकी सन्ध्या विक, एकता आवाशियकी वविता पौडेल, कालिकाकी शिला तिवारी र पिनाकलकी रक्षा घोताने क्रमश पहिलो, दोस्रो, तेस्रो र चांैथो भए ।

त्यस्तै, आधारभूत तह लङजम्पमा कालिकाका रिदम सारु मगर, पिनाकलका युनिक गुरुङ, वेलननका अध्यान गुरुङ, होली एन्जलका राज परियार क्रमश पहिलो, दोश्रो, तेश्रो र चौथो स्थान प्राप्त गर्दा छात्रातर्फ स्माइल स्मल हेभेनकी खुसी गुरुङ, वेलननकी नारियम वेगम, होली एन्जलकी अनिशा विक र कालिकाकी सविता तिमिल्सिना पहिलो, दोस्रो, तेस्रो र चांैथो भए ।

मावि सटपुटतर्फ स्माइल स्मल हेभेनका रोशन सुनार, सिलसिलाका सुजल दाहाल, पिनकालका सविन नेपाली र वेलननका प्रिन्स गुरुङले क्रमश पहिलो, दोश्रो, तेस्रो र चौंथो स्थान प्राप्त गरे । छात्रातर्फ सिलसिलाकी स्नेहा चौधरी, कालिकाकी सुस्मिता नेपाली, होली एन्जलकी एलिजेवेथ परियार र पिनाकलकी अंकिता थापा पहिलो, दोस्रो, तेस्रो र चौंथो भए ।

आधारभूत तह सटपुट छात्रतर्फ होली एन्जलका रन्जित सुनार, कालिकाका रिदम सारु मगर, पिनकलका अदीप नेपाली र वेलननका समीर क्षत्री क्रमश पहिलो, दोश्रो, तेश्रो र चौथो भए । छात्रातर्फ कालिकाकी पूजा भुजेल पहिलो, पिनाकलकी जोया चौधरी दोस्रो, वेलननकी नाजिरम वेगम तेस्रो तथा एकता आवाशियकी सपना शर्मा चौंथो भए ।

युनिप्समा आवद्ध १८ विद्यालयका ४ हजारभन्दा बढी विद्यार्थीले भाग लिएको प्रतियोगिताको शनिबार समापन हुने खेलकुद उपसमिति संयोजक विनोदकुमार नेपालीले जनाए ।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width