सनफ्लावरमा वार्षिक खेलकुद

आदर्श समाज सम्वाददाता
मंसिर १६, २०८०
sunflower news of sports

पोखरा । पोखरा–२, अर्चलबोटस्थित सनफ्लावर बोर्डिङ स्कुलमा वार्षिक खेलकुद प्रतियोगिता भएको छ ।

१३ मंसिरदेखि सुरु तीनदिने प्रतियोगितामा अन्तरसदनात्मक खेलकुद प्रतियोगिता भयो ।

विद्यालय संस्थापक निर्देशक दीपक शाहले विद्यार्थीको मार्चपास सलामी ग्रहण गर्दै विद्यार्थीको आन्तरिक गहना अनुशासन भएको हुँदा सबै जना अनुशासित हुनुपर्ने बताए ।

विद्यालयका प्राचार्य एएम गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नर्सरीदेखि कक्षा १० सम्म सञ्चालित प्रतियोगिता विविध चरण र समूहमा सम्पन्न गरिएको थियो । प्रतियोगितामा म्युजिकल चियर, ब्यालेन्स रेस, म्याथ दौडस्किपिङ, रस्साकसी, दौड, तातो आलुबेलुन फुटाउने प्रतियोगिता, टेबलटेनिस, ब्याडमिन्टन, कपर्दी, चेस, छेलो हान्ने, फुटबल, भलिबल लगायत समावेश भए ।

सभापति विद्यालयका प्रिन्सिपल एएम गुरुङले सबै विद्यार्थीहरुलाई खुला तरिकाबाट खेलकुद प्रतियोगितामा सहभागी बन्न सुझाव दिए ।

सहायक प्रिन्सिपल दिलीप देवकोटाले अनुशासित र संयमित भएर खेलकुद प्रतियोगितामा सहभागी बन्न आग्रह गरे । खेलकुद संयोजक तथा प्रशिक्षक युवराज गुरुङ, सहसंयोजकद्वय झलकराज अधिकारी र कविन सापकोटाले कार्यक्रमको संयोजन गरेको थिए । कार्यक्रम सञ्चालन शिक्षक सुनिल सुवेदीले गरे ।

Related News

सम्बन्धित समाचार

  • अमरसिंहमा छात्रवृत्ति वितरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । अमरसिंह मावि, रामघाटमा नवआगन्तुक कक्षा ११ का विद्यार्थीलाई स्वागत गर्दै अभिमुखीकरण गरिएको छ । सो अवसरमा कक्षा १२…
  • गण्डकी बोर्डिङलाई अन्तर्राष्ट्रियस्तरको बनाउने प्रण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी बोर्डिङ स्कुल (जिबिएस) का नवनियुक्त प्रिन्सिपल डा. विश्वयुधीर पौडेल घर्तीले सबैजना मिलेर जिबिएसलाई अन्तर्राष्ट्रियस्तरको विद्यालय बनाउने प्रण…
  • जानकीका विद्यार्थीलाई पोखरा ग्राण्डको साथ

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    गण्डकी । विद्यार्थीको सिकाईलाई पाठ्यक्रम महत्वपूर्ण हुन्छ । त्यसैलाई मध्यनजर गर्दै पोखरा १७ महतगौंडास्थित जानकी माध्यमिक विद्यालयका विद्यार्थीलाई पोखरा ग्रान्डले…
  • प्रतिभा माविको विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा. बुद्धिबहादुर थापाले कुनै पनि विषयको अध्ययनमा हिम्मत नहार्न विद्यार्थीलाई सुझाएका छन्…
  • सञ्चारमाध्यममा ३३ प्रतिशत पत्रकार महिलाको सहभागितामा जोड

    आदर्श समाज सम्वाददाता श्रावण ७, २०८१
    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागितामा जोड दिएकी छन्। सञ्चारमाध्यममा महिला सहभागिता कम…

hero news full width