औद्योगिक व्यापार मेला महिला : उद्यमशीलता तथा हस्तकला प्रवद्र्धनको विशेष व्यवस्था

आदर्श समाज सम्वाददाता
मंसिर १६, २०८०
pcci

पोखरा । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा मंसिर २१ गतेदेखि पोखरामा आयोजना हुने राष्ट्रिय औद्योगिक व्यापार मेलाको मुख्य उद्देश्य उद्यमशीलता विकास भएको जिकिर गरेको छ । आयोजक संस्थाका अध्यक्ष पवनकुमार प्रजापतिले मेला विशुद्ध रुपले उत्पादक र उपभोक्तालाई एउटै थलोमा भेला गराउनु, नयाँ प्रविधि तथा उत्पादनबारे जानकारी पस्किनु र उद्यमशीलता विकासमा समर्पित भएको बताए ।

संघले २०४२ सालमै राष्ट्रिय औद्योगिक व्यापार मेलाको थालनी गरेको स्मरण गर्दै प्रजापतिले भने,‘उत्पादक र उपभोक्तालाई एउटै थलोमा ल्याउँदै स्थानीय उत्पादनको प्रवद्र्धन, व्यवसाय बिस्तारको सम्भावनाको खोजी तथा नयाँ सम्भावनाको खोजी गर्ने त्यो पुनित कार्य सजिलो थिएन । हामी अहिले पनि त्यही लक्ष्यमा अविचलित रुपले लागिरहेका छौं ।’

२०४९ सालमा गरिएको दोस्रो व्यापार मेला तथा २०५२ सालमा आयोजित पोखरा महोत्सवकै कारण देशैभर मेला र महोत्सवको लहर चलेको जिकिर पनि गरे । ‘मेलाको गुणस्तरीयताबारे प्रश्न उठेको स्वीकार्दै मंसिर २१ देखि पुस १ पोखरा उद्योग वाणिज्य संघ नाफामुखी संस्था हैन र हुने छैन,’ उनले भने । ३२ औं संस्करणको मेला पनि नाफामुखी नभएर पोखरालगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य,पर्यटनलगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा समेत सघाउ पु¥याउने उद्देश्यमा समर्पित भएको उनको भनाइ छ ।

संघका महासचिव बलराम आचार्यले ‘लगानीको सम्वद्र्धन: उद्योग व्यवसायको प्रवद्र्धन’ नारासहित आयोजना हुने मेलाले गण्डकी प्रदेशको व्यवसाय बिस्तारको सम्भावनाको खोजी तथा यो प्रदेशको पर्यटकीय सम्भावना उजागर गर्ने लक्ष्य लिएको बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width