हिसान स्पोर्टस् मिट जारी

आदर्श समाज सम्वाददाता
मंसिर १६, २०८०
hisan

पोखरा । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान), कास्की आयोजनामा पोखरा रंगशालामा १६ औं हिसान कास्की स्पोर्टस् मिट जारी छ ।

शुक्रबार दोस्रो दिन दोस्रो चरणका खेल सम्पन्न भए । भलिबल छात्रछात्रातर्फ ६÷६ टिमले खेल जित्दै अघिल्लो चरणमा प्रवेश गरेको भलिबल प्रतियोगिता संयोजक टेकनाथ पौडेलले बताए ।

छात्रतर्फ जुनियर सिटिजन्स एकेडेमी, न्यू ग्यालेक्सी, टप्स, माउन्ट अन्नपूर्ण, केफ, पोखरा आदर्शले अघिल्लो चरणको स्थान सुरक्षित गरे। छात्रातर्फ पोखरा आदर्श, कास्की मोर्डनाइज्ड, प्रतिभा, गुरुकुल र पश्चिमाञ्चल तेस्रो चरणमा प्रवेश गरे ।

ब्याडमिन्टन छात्र÷छात्रा सिंगल्स–डबल्सका दोस्रो चरणका खेल सम्पन्न भएकोमा शनिबार सेमिफाइनल तथा फाइनल हुने छन् । प्लस टु छात्रातर्फ मदरल्यण्डकी आयुष्मा नेपाल, कुमुदिनीकी सविना गुरुङ, सगरमाथाकी रिष्ता बास्तोला र मदरल्याण्डकी विशास्ता केसी अन्तिम चारमा प्रवेश गरे ।

त्यस्तै, छात्रतर्फ बालप्रभातका सुन्दर विक, सगरमाथाका सत्यजित शर्मा, प्रतिभाका सुमित सुनार र सगरमाथाका सुजन पौडेल अन्तिम चारमा स्थान पक्का गरे ।

विश्वविद्यालय छात्र सिंगल्समा पेकका सुवर्ण रुम्वा, वाक ओभर पाएका एन्फरमेटिक्सका निश्चल भण्डारी र पोखरा लिंकनका रिजन सूर्यवंशी सेमीफाइनलमा प्रवेश गरे ।

१६ औं हिसान कास्की स्पोर्टस् मिटअन्तर्गत शुक्रबार दोस्रो चरणका खेल सम्पन्न

छात्रा भलिबल प्लस टुतर्फ ८ खेल सम्पन्न भएकोमा पहिलो चरणका खेलमा पोखरा आदर्श, केफ, कास्की मोर्डनाइज्ड, प्रतिभा मावि, मदरल्यान्ड, ज्ञानसागर, पश्चिमाञ्चल र टप्स माविले विजयी सुरुवात गरेका छन् ।

छात्रतर्फ ७ खेलमध्ये केफ, सोसल पव्लिक स्कुल, सगरमाथा, पश्चिमाञ्चल, सिर्जना, पोखरा आदर्श र गुरुकुलले जिते ।

त्यस्तै, प्लस टु छात्र बास्केटबलमा ग्लोबलले हिमाल माविलाई ४५–६ ले प्रतिभाले शान्तिनिकुञ्जलाई ६२–१२, पोखरा आदर्शले न्यू लाइटलाई ३४–२०, जेसिएले पश्चिमाञ्चललाई ४०–२८, मनकामनाले आदर्श सेकेन्डरीलाई ४२–२६, बालोदयले स्टेप वाई स्टेपलाई १९–१२, त्रिवेण्ीले सरस्वतीलाई २८–१५, न्यू ग्यालेक्सीले गोर्खा बोर्डिङलाई ५३–६, माउन्ट अन्नपूर्णले सिर्जनालाई ६२–१४, मेरिगोल्डले त्रिवेणीलाई २५–२३, न्यू ग्यालेक्सीले बालकल्याणलाई ५६–२८, केएमएले गुरुकुललाई ५५–३० र भास्करले बालोदयलाई ३४–१३ को स्कोरले पराजित गर्दै तेस्रो चरणमा प्रवेश गरे ।

छात्रा बास्केटबलमा माउन्ट अन्नपूर्णले जेसिएलाई २१–११ र ग्लोबल कलेजियटले पोखरा आदर्शलाई १८–४ ले पराजित गरेको छ ।

१७ मंसिरसम्म चल्ने स्पोर्टस् मिटमा छात्रछात्रा टेबुल टेनिसतर्फ शुक्रबार अन्तिम चरणका खेल सम्पन्न भए ।

मावि छात्र भलिबलमा २९ र छात्रातर्फ २१ विद्यालयले भाग लिएका छन् ।

छात्र बास्केटबलमा सबैभन्दा धेरै ३७ विद्यालयको सहभागिता छ भने छात्रातर्फ १५ टिम सहभागी छन् । टेबुल टेनिसतर्फ २८ विद्यालयका करिब ३ सय छात्रछात्रा सिंगल्स र डबल्समा प्रतिस्पर्धा गरिरहेका छन् । व्याडमिन्टन छात्रछात्रातर्फ २४ विद्यालयका ३ सय १२ प्रतिस्पर्धीको सहभागिता छ । विश्वविद्यालयतर्फ बास्केटबलमा ९ वटा शैक्षिक संस्थाहरुले सहभागिता जनाएको स्पोर्टस् मिटका संयोजक डा. रामजी शर्माले बताए ।

प्रतियोगितामा हिसानमा आबद्ध ७२ मध्ये ६२ शिक्षण संस्थाले भाग लिएको हिसान कास्की अध्यक्ष यामबहादुर रोक्काले बताए ।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width