हाजिरीजवाफमा विन्ध्यवासिनी प्रथम

आदर्श समाज सम्वाददाता
मंसिर १६, २०८०
bindhyabasini

पोखरा । पोखराको बाटुलेचौरमा भएको अन्तरविद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगितामा विन्ध्यवासिनी मावि प्रथम भएको छ । विन्ध्यवासिनी माविले आयोजना गरेको सामुदायिक विद्यालय स्तरीय प्रतियोगितामा भारती भवन मावि द्वितीय र नारायण आधारभूत विद्यालय तृतीय भएका छन् । कक्षा १ देखि ३ सम्म अध्ययन गर्ने विद्यार्थीबीचको प्रतियोगितामा १४ वटा विद्यालय सहभागी भएको कार्यक्रम संयोजक आधारभस्त तहका सहइन्चार्ज गोविन्द शर्माले जानकारी दिए । यसअघि कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगर शिक्षा महाशाखाका शिक्षा अधिकृत जीवन रेग्मीले विद्यार्थीको व्यक्तित्व तथा नेतृत्व विकासका लागि अतिरिक्त क्रियाकलाप महत्वपूर्ण हुने बताए ।

विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य गुरुदत्त भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्य, शिक्षक अभिभावक संघका अध्यक्ष भीमप्रसाद पौडेल, सहायक प्रधानाध्यापक रामबहादुर बानियालगायतले बोलेका थिए । कार्यक्रम सञ्चालन शिक्षक उमा अधिकारीले गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

  • अमरसिंहमा छात्रवृत्ति वितरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । अमरसिंह मावि, रामघाटमा नवआगन्तुक कक्षा ११ का विद्यार्थीलाई स्वागत गर्दै अभिमुखीकरण गरिएको छ । सो अवसरमा कक्षा १२…
  • गण्डकी बोर्डिङलाई अन्तर्राष्ट्रियस्तरको बनाउने प्रण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी बोर्डिङ स्कुल (जिबिएस) का नवनियुक्त प्रिन्सिपल डा. विश्वयुधीर पौडेल घर्तीले सबैजना मिलेर जिबिएसलाई अन्तर्राष्ट्रियस्तरको विद्यालय बनाउने प्रण…
  • जानकीका विद्यार्थीलाई पोखरा ग्राण्डको साथ

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    गण्डकी । विद्यार्थीको सिकाईलाई पाठ्यक्रम महत्वपूर्ण हुन्छ । त्यसैलाई मध्यनजर गर्दै पोखरा १७ महतगौंडास्थित जानकी माध्यमिक विद्यालयका विद्यार्थीलाई पोखरा ग्रान्डले…
  • प्रतिभा माविको विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा. बुद्धिबहादुर थापाले कुनै पनि विषयको अध्ययनमा हिम्मत नहार्न विद्यार्थीलाई सुझाएका छन्…
  • सञ्चारमाध्यममा ३३ प्रतिशत पत्रकार महिलाको सहभागितामा जोड

    आदर्श समाज सम्वाददाता श्रावण ७, २०८१
    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागितामा जोड दिएकी छन्। सञ्चारमाध्यममा महिला सहभागिता कम…

hero news full width