वाराही माविको ६६ औं वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
मंसिर १६, २०८०
barahi school

पोखरा । पोखरा–५, मालेपाटनस्थित वाराही माध्यमिक विद्यालयको ६६ औं वार्षिकोत्सव, अभिभावक दिवस एवं पुरस्कार वितरण समारोह शुक्रबार सम्पन्न भयो ।

सभा उद्घाटन गर्दै पोखरा ५ का अध्यक्ष विष्णुप्रसाद बरालले विद्यालयको उन्नयनका लागि भरपुर सहयोग गर्न वडा तयार रहेको स्पष्ट पार्दै वाराहीलाई पोखराकै अब्बल शैक्षिक संस्थाका रुपमा विकास गर्नुपर्ने औंल्याए ।

विद्यालयका अध्यक्ष निर्मल खत्रीले शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावकसँग सहकार्य गर्न विद्यालय तयार रहेको जनाउँदै सबैको ध्यान शैक्षिक वृद्धि विकासतर्फ हुनुपर्ने उल्लेख गरे ।

प्रधानाध्यापक शिवप्रसाद भण्डारीले विद्यालयको समग्र अवस्था प्रकाश पार्दै विद्यालयले शैक्षिक वातावरणलाई सर्वोपरी मानी क्रियाकलाप सञ्चालन गर्दै आइरहेको स्मरण गरे ।

त्यस अवसरमा जनप्रतिनिधि हरिमाया विक र कल्पना भुवाजु, शिक्षक अभिभावक संघका अध्यक्ष मोतीराम भट्टराई, विव्यस सदस्य होमनाथ पौडेललगायतले पनि धारणा राखे ।

कार्यक्रमबीच विद्यार्थीले विभिन्न गीत एवं सांस्कृतिक प्रस्तुति राखे । त्यस्तै विद्यार्थीका प्रतिभाको कदर गर्दै विभिन्न पुरस्कार वितरण गरियो । पुरस्कार वितरणमा शिक्षक डिल्लीराम गिरी, सुरेशकुमार पौडेल र सुशील केसीले सहजीकरण गरे ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष खत्रीको अध्यक्षतामा भएको कार्यक्रम शिक्षक रामप्रसाद पोखरेलले स्वागत तथा शिक्षक रामचन्द्र ढकाल र सचिन भट्टराईले संयुक्त रुपमा सञ्चालन गरे ।

Related News

सम्बन्धित समाचार

  • अमरसिंहमा छात्रवृत्ति वितरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । अमरसिंह मावि, रामघाटमा नवआगन्तुक कक्षा ११ का विद्यार्थीलाई स्वागत गर्दै अभिमुखीकरण गरिएको छ । सो अवसरमा कक्षा १२…
  • गण्डकी बोर्डिङलाई अन्तर्राष्ट्रियस्तरको बनाउने प्रण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी बोर्डिङ स्कुल (जिबिएस) का नवनियुक्त प्रिन्सिपल डा. विश्वयुधीर पौडेल घर्तीले सबैजना मिलेर जिबिएसलाई अन्तर्राष्ट्रियस्तरको विद्यालय बनाउने प्रण…
  • जानकीका विद्यार्थीलाई पोखरा ग्राण्डको साथ

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    गण्डकी । विद्यार्थीको सिकाईलाई पाठ्यक्रम महत्वपूर्ण हुन्छ । त्यसैलाई मध्यनजर गर्दै पोखरा १७ महतगौंडास्थित जानकी माध्यमिक विद्यालयका विद्यार्थीलाई पोखरा ग्रान्डले…
  • प्रतिभा माविको विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा. बुद्धिबहादुर थापाले कुनै पनि विषयको अध्ययनमा हिम्मत नहार्न विद्यार्थीलाई सुझाएका छन्…
  • सञ्चारमाध्यममा ३३ प्रतिशत पत्रकार महिलाको सहभागितामा जोड

    आदर्श समाज सम्वाददाता श्रावण ७, २०८१
    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागितामा जोड दिएकी छन्। सञ्चारमाध्यममा महिला सहभागिता कम…

hero news full width