निर्माण व्यवसायी समितिमा शिव

आदर्श समाज सम्वाददाता
मंसिर १६, २०८०
Nirman

पोखरा, १५ मंसिर । निर्माण व्यवसायी समितिमा शिवबहादुर खड्का अध्यक्ष चुनिएका छन् । समितिको २६ औं साधारण सभा तथा १३ औं महाधिवेशनबाट उनको अध्यक्षतामा शुक्रबार १९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।

समिति वरिष्ठ उपाध्यक्षमा बेलबहादुर बस्नेत ‘नवराज’, उपाध्यक्ष राजेन्द्रप्रसाद घिमिरे, सचिव थलकुमार श्रेष्ठ, सहसचिव मीठु नेपाली र कोषाध्यक्ष विक्रम खत्री चयन भए । सदस्यमा ओमप्रसाद रिजाल, छविलाल विश्वकर्मा, धने नेपाली, सन्तोष नेपाली, विनोद थापा क्षत्री, राजकुमार श्रेष्ठ, फत्तबहादुर हिस्की, कृष्ण नेपाली, ज्ञानबहादुर थापामगर, जीवन लामा र युवराज ढकाल निर्वाचित भए ।

पोखरा–१४ का वडाध्यक्ष बोधबहादुर कार्कीले कार्यक्रम उद्घाटन गर्दै निर्माणको काम स्मार्ट हुनुपर्नेमा जोड दिए । यसका लागि निर्माण व्यावसायीसँग सहकार्य गर्न आफू तयार रहेको उनले बताए । पछिल्ला समयमा निर्माण व्यावसायीको नामा विकृति मौलाएको प्रति सचेत रहन उनको आग्रह थियो । ‘निर्माण व्यावसायीले सम्झौता गरेरस्तरीय काम गर्नुपर्छ । कुनै बहानामा ढिला सुस्ती गर्ने छुट पनि छैन,’ उनले भने, ‘निर्माण व्यवसायमा दर्ता नभएका व्यावसायीले विकृति फैलाइरहेको यसमा तपाईंहरु सचेत रहनुपर्छ ।’

कार्यक्रममा पोखरा महानगरपालिकाका इन्जिनियर जगन्नाथ कोइरालाले प्रविधि, प्राविधिक र निर्माण व्यवसायीबीचको सम्बन्ध सुमधुर हुनुपर्ने बताए । उनले भने, ‘निर्माण व्यवसायी इन्जिनियरहरुको संवाहक हो । त्यसैले प्रविधि, प्राविधिक र निर्माण व्यवसायीबीचको सम्बन्ध सुमधुर हुन आवश्यक छ ।’ निर्माण व्यावसायीले महानगरपालिकाले समय–समयमा परिवर्तन गरेको सडक र भवनको मापदण्ड अनुसार परिवर्तन हुन सक्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा महानगरका इन्जिनियर सञ्जीव प्रधान, इन्जिनियर धर्मराज अधिकारी, स्वतन्त्र पत्रकार संघका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोला, श्रम निर्माण व्यवसायी समितिका प्रतिनिधि तीर्थराज मगर, स्वरोजगार निर्माण व्यवसायी समिति अध्यक्ष रमेश सिके, शुक्लागण्डकी निर्माण व्यवसायी समिति अध्यक्ष धनबहादुर विक, लेखनाथ निर्माण व्यवसायी समिति अध्यक्ष प्रेम थापा लगायतले निर्माण व्यवसायीलाई दक्ष बनाएर निर्माण क्षेत्रमा खटाउन आग्रह गरे ।

यस्तै, संस्थामा रहेर उल्लेख्य योगदान दिएकोमा निवर्तमान अध्यक्ष नारायण गुरुङ, महासचिव शिवबहादुर खड्का, कोषाध्यक्ष विक्रम खत्रीलाई सम्मान गरियो । यस्तै ७० वर्ष उमेर पूरा गरेका ज्येष्ठ सदस्यलाई सम्मान गरिएको थियो । विन्दुकुमार खड्गी, बुद्धिबहादुर गुरुङ, काजीमान राई र जीतबहादुर विश्वकर्मालाई नगद १ लाख रुपैयाँ नगदसहित सम्मान गरिएको हो । गत आव बढी कर तिर्ने समितिका सदस्य यज्ञबहादुर थापा र जीतबहादुर थापालाई पनि सम्मान गरियो ।

कार्यक्रममा निवर्तमान कार्यसमितिका सल्लाहकार भीमबहादुर शाही, लोकबहादुर गुरुङ, राजेन्द्रप्रसाद घिमिरे, बुद्धि परियार, विश्व थापा र फुर्वाछिरिङ गुरुङ पनि सम्माति भए । संस्थाका अध्यक्ष नारायण गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष अच्युत शर्माले स्वागत र महासचिव शिवबहादुर खड्काले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width