कालिका सहकारीका सञ्चालक थप ७ दिन थुनामा

साढे १० करोड अपचलन गरेको आरोप

आदर्श समाज सम्वाददाता
मंसिर १५, २०८०
sahakari

लमजुङ।  बेंसीसहरमा केन्द्रीय कार्यालय रहेको कालिका बचत तथा ऋण सहकारीका सञ्चालकविरुद्ध ठगी धन्दाको मुद्दामा अनुसन्धान गर्न ७ दिन म्याद थपिएको छ । सहकारी अध्यक्ष शिवराम सिलवालसहित ६ जना सञ्चालकको अनुसन्धानका लागि दोस्रो पटक ७ दिनको जिल्ला अदालतबाट शुक्रबार म्याद थप गरिएको हो ।

सहकारी उपाध्यक्ष श्रीकृष्ण लामिछने, सचिव कृष्ण केसी, कोषाध्यक्ष मिलन शर्मा दनाई लगायत ६ जना रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ परेकामध्ये ३ जना पत्रकारितासँग जोडिएका व्यक्ति छन् । साकोसका उपाध्यक्ष लामिछाने पत्रकार महासंघको पूर्व जिल्ला उपाध्यक्ष हुन्, साकोसका सचिव कृष्ण केसी बेंसीसहर नगरपालिकाको प्रेस सल्लाहकार तथा पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्ष तथा मिलन शर्मा दनाई पत्रकार महासंघको पूर्व राष्ट्रिय पार्षद्का अतिरिक्त प्रेस युनियनको तत्कालीन गण्डकी अञ्चल समितिको संयोजक थिए । केसी र दनाईले अहिले पनि क्रमशः लमजुङ दर्पण दैनिक र लमजुङ आवाज साप्ताहिक सञ्चालन गर्दै आएका छन् । अध्यक्ष सिलवाल लमजुङ उद्योग वाणिज्य संघको कोषाध्यक्ष हुन् ।

२ वर्षअघि प्रदेशस्तरको नमुना सहकारी बनाउने भन्दै तत्कालीन कालिका, कपुरेश्वर र सम्पदा नामका साकोसहरू एकीकरण गरी जिल्लाकै सबैभन्दा पुरानो कालिका साकोस नामकरण गरिएको थियो । तर एकीकरण कार्यमा सञ्चालकहरूको बदनियतपूर्ण र ठगी गर्ने उद्देश्यले प्रेरित रहेको एकीकरणको ४ महिना नबित्दै छताछुल्ल भएको थियो । उनीहरूविरुद्ध साढे १० करोड रकम अपचलन गरेको अभियोग छ ।

प्रहरीले मंसिर १० गते पक्राउ गरेका उनीहरूको पहिलो पटक ५ दिनको म्याद थप भएको थियो । सोही अभियोग लागेका तत्कालीन कालिका साकोसका अध्यक्ष मृगेन्द्र घिमिरे र उनकी पत्नी विनीना घिमिरे दुवै फरार रहेको प्रहरी भनाइ छ । उनीहरूलाई २५ दिन पर्खने प्रहरीको मानसिकता देखिएको छ । यस्ता मुद्दामा प्रहरीले अनुसन्धानका लागि पक्राउ गरिएका व्यक्तिहरूलाई २५ दिन थुनामा राख्न पाउने कानुनी व्यवस्था छ ।

ठगीका बारेमा सेयर सदस्य तथा बचतकर्तालाई आफ्नो रकम फिर्ताका लागि उजुरी दिनका लागि जिल्ला प्रहरी कार्यालय, लमजुङले गत असोज २३ मा सूचना जारी गरी मंसिर १० गतेसम्मको म्याद दिएको थियो ।

सहकारीका लमजुङकै मध्यनेपाल ७ रामबजार, सुन्दरबजार ८ को भोटेओडार र दोर्दी गाउँपालिका– ४ को नौथर सेरामा ३ शाखा थिए ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width