गण्डकी प्रदेश प्रमुखलाई बागमतीको पनि  कार्यभार 

आदर्श समाज सम्वाददाता
मंसिर १५, २०८०
Prithviman-Gurung-750×422

पोखरा ।  गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरूङले बागमती प्रदेश प्रमुखको कार्यभार पाएका छन् ।

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा चीन भ्रमणमा जाने भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले बागमती प्रदेश प्रमुखको कार्यभार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरूङलाई तोकेका हुन् ।

बागमती प्रदेश प्रमुख शर्मा मंसिर १६ गतेदेखि मंसिर २१ गतेसम्म चीन भ्रमणमा जाने कार्यक्रम तय भएको छ ।

बागमती प्रदेश प्रमुखको अनुपस्थितिमा प्रदेश प्रमुखले गर्ने दैनिक प्रशासनिक कार्य सम्हाल्ने जिम्मेवारी गण्डकी प्रदेश प्रमुख गुरूङलाई दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रदेश प्रमुख गुरुङ उपचारको सिलसिलामा काठमाडाै‌ंमा छन् ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width