पोखरा आदर्शमा वार्षिक खेलकुद

आदर्श समाज सम्वाददाता
मंसिर १५, २०८०
adarsha secondery

पोखरा । पोखराको बगरमा अवस्थित पोखरा आदर्श सेकेन्डरी स्कुलमा वार्षिक खेलकुद कार्यक्रम सुरु भएको छ । गण्डकी एकेडमी फाउन्डेसन प्रा।लिका अध्यक्ष कमलराज सापकोटालाई विद्यालयका प्राचार्य फणिन्द्रप्रसाद अधिकारीले भलिबल हस्तान्तरण गरी प्रतियोगिता सुरु भएको हो । प्राचार्य अधिकारीले खेलले मानव जीवनमा प्रत्यक्ष रूपमा सकारात्मक प्रभाव पार्ने बताउँदै विद्यार्थीहरुले पठनपाठनसँगै खेललाई पनि आत्मसात गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा सिनियर र जुनियर गरी दुई चरणमा रहेर खेलहरु खेलाइने खेलकुद कार्यक्रम संयोजक तीलक बरालले बताए । प्रतियोगितामा हालसम्मको खेलअन्तर्गत सिनियरतर्फ भलिबल प्रतियोगितामा पहेँलो सदन प्रथम र हरियो सदनले द्वितीय स्थान हासिल गरे । खुला टेबल टेनिस प्रतियोगितामा रितेश गुरुङ प्रथम, सचिन पुन द्वितीय र अविरल आचार्यले तृतीय स्थान हासिल गरेका छन् । पूर्व प्राथमिक तहतर्फ गुच्चा गन्ने खेल, १०० मिटर दौड, मिठाइ टोक्ने दौड, चम्चा दौड, बेलुन फुटाउने खेल छन् । जुनियर तहतर्फ फुटबल सय मिटर दौड, भित्र र बाहिर रहने खेल, स्किपिङ, कुर्सी दौड, रिले दौड, मेमोरी टेस्ट आदि खेलहरु छन् ।

सिनियर तहतर्फ भलिबल, टग अफ वार, बास्केटबल, टेबल टेनिस, गुच्चा दौड, बोतल भर्ने खेल, हिसाब दौड, कुर्सी दौड, सियो र धागो दौड आदि खेल छन् । प्रतियोगितात्मक खेलहरु बुधबार, बिहीबार र शुक्रबार गरी ३ दिनसम्म रहने जानकारी विद्यालयका सहप्राचार्य ज्ञानेश्वर सुवेदीले बताए ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width