स्रष्टा सम्मान तथा साक्षात्कार

आदर्श समाज सम्वाददाता
मंसिर १५, २०८०
kalam

पोखरा । संघर्षमा कलम पोखराले भारतको सिलगढीबाट आएका स्रष्टासँगको साक्षात्कार तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले असमका वरिष्ठ साहित्यकार भविलाल लामिछानेसँगको स्रष्टा साक्षात्कारसँगै उनको पछिल्लो कथा कृति अर्धसत्यको अन्तरक्रिया तथा स्रष्टा सम्मान सम्पन्न गरेको थियो ।

स्रष्टा लामिछानेले असमका नेपालीभाषी बन्धुको विगतदेखि वर्तमानसम्मको अवस्थाकोसमेत चर्चा गर्दै साहित्यले सभ्य समाज निर्माणमा महत्वपूर्ण भूमिका पु¥याए तापनि राज्यको हेय दृष्टि र लेखन व्यावसायिक नहुँदा स्रष्टा साधक पिल्सनु परेको बताए ।

आफ्नो कथा लेखनबारे लामिछानेले थपे, ‘लामो समय शिक्षण पेशामा संलग्न रहँदाका अनुभवलाई लामा कथाकारूपमा प्रयोग गरेको थिए जुन प्रयोग सिद्ध भएकोमा छुट्टै सन्तोष मिलेको छ ।’

वरिष्ठ अधिवक्ता तिलक पराजुलीले विभिन्न क्षेत्रमा छरिएर रहेका नेपाली भाषी स्रष्टा साधकले नेपाली वाङ्मयको श्रीवृद्धिमा पु¥याएको योगदान अतुलनीय रहेको धारणा राखे ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टर सदस्य दुर्गा शाह बाबाले साहित्य र संगीतलाई तनाव व्यवस्थापनको महत्वपूर्ण पाटाकारूपमा चिनाए ।

कार्यक्रममा साहित्यकार शोभाकान्त गौडेलले अर्धासत्य कृतिमाथि प्रकाश पारेका थिए भने डा. कालु शर्मा सुवेदीले लामिछानेलाई बहुआयामिक व्यक्तित्वका रूपमा चिनाए ।

कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सदस्य नारायण मरासिनी, जनकवि केशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानका अध्यक्ष मदनराज थापा, गण्डकी साहित्य संगमका अध्यक्ष भीम रानाभाट, सप्तरंगी साहित्य समाज गण्डकीकी अध्यक्ष अम्बिका भण्डारी, स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष असफल गौतम, संघर्षमा कलमका अध्यक्ष कृष्ण रानाभाट सारथि, छन्दवादी कवि छविलाल आचार्यलगायतले बोलेका थिए ।

सोही समारोहबीच लामिछानलाई नेपाली वाङ्मयको श्रीवृद्धिमा पु¥याएको योगदानको कदरस्वरूप संस्थाद्वारा सम्मानसमेत गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width