पोखरा बहुमुखी क्याम्पसको ३७ औं वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
मंसिर १५, २०८०
pokhara bahamukhi (2)

पोखरा । पोखरा बहुमुखी बहुमुखी क्याम्पसले बिहीबार ३७ औं वार्षिकोत्सव मनाएको छ ।

समारोह उद्घाटन गर्दै विश्वविद्यालय अनुदान आयोग प्रमुख प्राडा देवराज अधिकारीले सामुदायिक क्याम्पसले अनुसन्धानलाई प्राथमिकता दिने हो भने शिक्षाको गुणस्तर बढ्ने बताए । विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिन प्राध्यापकको गुणस्तर बढाउनुपर्ने र यसका लागि प्राध्यापकले अनुसन्धानमूलक काम गरेकै हुनुपर्छ भन्दै उनले पोखरा बहुमुखी क्याम्पसले क्रमिकरुपमा प्रगति गर्दै गएकोमा खुसी व्यक्त गरे ।

पोखरा महानगरपालिकाका निवर्तमान प्रमुख मानबहादुर जिसीले सामुदायिक क्याम्पसहरुले विभिन्न क्षेत्रमा अनुभवी व्यक्तिको अनुभव विद्यार्थीलाई बाँढ्ने हो भने विद्यार्थीले स्वदेशमै अवसरका क्षेत्र पहिल्याउन सक्ने बताए । उनी मेयर भएकै बेला पोखरा बहुमुखी क्याम्पसलाई आफ्नै भवन बनाउन शान्तिवनमा जग्गा प्राप्ति भएको थियो ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले मोफसलका सामुदायिक क्याम्पसलाई सहयोग, प्रेरणा र हौसला, चासो र निगरानी दिनु नै उत्कृष्ट शिक्षा प्रणालीको पहिलो खुड्किलो हो भने ।

कार्यक्रममा जनप्रिय क्याम्पस सञ्चालक समिति अध्यक्ष वीरेन्द्रनारायण बिजुक्छे, पोखरा बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख तथा क्याम्पस प्राध्यापक संघका अध्यक्ष हस्तबहादुर थापा लगायत बोलेका थिए ।

क्याम्पसको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै क्याम्पस प्रमुख शिशुकला पराजुलीले पछिल्लो क्रममा विद्यार्थी शैक्षिक तथा अतिरिक्त क्रियाकलापका लागि निकै जागरुक भएको जनाउँदै उनीहरको उज्ज्वल भविष्यका लागि क्याम्पस अहोरात्र खटिरहेको बताइन् ।

सामुदायिक क्याम्पसले अनुसन्धानलाई प्राथमिकता दिनुपर्छ–विश्वविद्यालय अनुदान आयोग प्रमुख प्राडा देवराज अधिकारी

कार्यक्रममा क्याम्पक प्राध्यापक महेन्द्र रिमाल र हस्तबहादुर थापालाई सम्मानबाट सम्मान गरिएको थियो । उक्त दीर्घसेवा सम्मानबाट कर्मचारी ऋषि रानाभाट र उत्कृष्ट प्राध्यापक रुपमा भीमप्रसाद नेउपानेलाई सम्मान गरिएको थियो ।

सो अवसरमा क्याम्पस सहयोगार्थ विभिन्न व्यक्ति तथा संस्थाहरुबाट स्थापित पुरस्कार तथा छात्रवृत्ति प्रदान गरिएको थियो । जसमा लक्ष्मी हाउस छात्रवृत्ति, मीन छात्रवृत्ति, डिलमाया स्मृति छात्रवृत्ति, समीर महिमा छात्रवृत्ति, बेलायती तथा चीनिमाया छात्रवृत्ति, धनिराम बराल छात्रवृत्ति, रुककुमारी गुरुङ छात्रवृत्ति, विद्या राना छात्रवृत्ति, विष्णु बास्तोला स्मृति अक्षयकोष छात्रवृत्तिसहित क्याम्पसले प्रदान गर्ने छात्रवृत्तिबाट विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको हो । साथै, विभिन्न संकायअन्तर्गत विभिन्न शैक्षिक सत्रमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।

वार्षिकोत्सव अवसरमा सप्ताहव्यापी प्रतियोगिताका विजयीलाई पुरस्कृत गरिएको थियो । अन्तरमाविस्तरीय छात्रा भलिबलमा विजयी पश्चिमाञ्चल मावि र गुरुकुल विद्यासदनलाई क्रमशः ३० हजार र २० हजार नगदसहित पुरस्कृत गरिएको थियो ।

क्याम्पस सञ्चालक समिति अध्यक्ष नरेन्द्रमान लालचनको अध्यक्षतामा भएको क्याम्पसको महेन्द्र रिमालले सञ्चालन गरेका थिए । सञ्चालक समिति उपाध्यक्ष बद्री श्रेष्ठ, विद्यार्थी कल्याणकारी समिति अध्यक्ष सलिना थापा मगरले स्वागत मन्तव्य व्यक्त गरे ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width