निशुल्क रक्त परीक्षण

आदर्श समाज सम्वाददाता
मंसिर १५, २०८०
lions

पोखरा । विश्व मधुमेह दिवसको अवसर पारेर लायन्स क्लब अफ पोखरा आदर्श चौतारीले बुधबार सचेतना कार्यक्रम तथा निशुल्क रक्त परीक्षण गरेको छ ।

पोखरा ११ रामघाटमा भएको कार्यक्रमको शुभारम्भ लायन्स क्लब इन्टरनेसनल ३२५ आइ का पिआरओ इन चिफ शैलेन्द्रमोहन भट्टराईले गरेका थिए । रोग लाग्नु भन्दा पहिले नै बेला बेला गरिने यस्ता जाँचले समयमै उपचार गर्न सघाउनृ उनको भनाइ थियो ।

क्लब अध्यक्ष दामोदर आचार्यको सभापतित्वमा भएको कार्यक्रममा जिएसटी वासुदेव कोइराला, आइ भिजन कार्यक्रमका सयोजक भरतराज सिग्देल, निवर्तमान अध्यक्ष रुकबहादुर गुरुङ, परोपकार टोल विकास सस्थाका अध्यक्ष लक्ष्मीप्रसाद अधिकारी लगायतले शुभकामना व्यक्त गरेका थिए ।

रिजनल हस्पिटल प्रालि पोखराको प्राविधिक सहयोग रहेको कार्यक्रममा ७० जनाको रक्त परीक्षण साथै परामर्श समेत गरिएको सयोजक सूर्य रानाले जानकारी दिए । कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष सूर्यप्रसाद पोखरेल र सञ्चालन सचिव दीपकप्रसाद घिमिरेले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width