आलु खेतीमा कास्कीको फड्को

आदर्श समाज सम्वाददाता
मंसिर १५, २०८०
pokhara- hemja potato

फाइल तस्बिर

गण्डकी । झण्डै साढे ३ दशक अघिसम्म हिमाली क्षेत्रमा लगाइने आलुखेती अहिले पहाडी क्षेत्रमा व्यावसायिक रुप लिँदै गएको छ । २०४५÷४६ सालतिर मुस्ताङको लेतेबाट ल्याइएको वर्षे सेतो आलु र कास्कीको घान्द्रुक र छोम्रोङबाट ल्याइएको रातो डल्ले आलुको बीउबाट कास्कीको हेम्जामा खेती सुरु गरिएकामा पछिल्ला वर्षमा जिल्लाका विभिन्न क्षेत्रमा विस्तार भएको हो ।

सुरुमा हेम्जामा व्यावसायिक आलुखेती थालिएकामा पछिल्लो दशक महेन्द्रगुफा, अर्मला, कुडहर हुँदै लेखनाथ क्षेत्रका गगनगौंडा, मालमूल, बेलबुटे, राजाचौतारा, बागमारालगायत स्थानमा विस्तार भएको हो । पोखरा महानगरपालिका–३२ को तल्लो गगनगौडा, बेलबुटे, मालमूलका साथै यी स्थानसँग सिमा जोडिएको तनहुँको शुक्लागण्डकी नगरपालिका–१ सेराबेँसीलगायत स्थानमा आलु खेतीतर्फ आकर्षण बढ्दै गएको किसान बताउँछन् ।

स्थानीयवासीका अनुसार २०४५/४६ सालदेखि हेम्जामा केही मात्रामा आलुखेती विस्तार भई २०५४/५५ सालयता क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्लेले बाह्य अनुसन्धान स्थल स्थापना गरेपछि यो ठाउँ आलुखेतीका लागि प्रसिद्ध बन्दै गएको हो । हेम्जामा आलुखेतीको बढ्दो विस्तारसँगै यसको विशिष्टिकृत पहिचानमा सहयोग पुर्‍याउने लक्ष्यका साथ एक दशकयता उक्त स्थानमा बर्सेनी आलु महोत्सवसमेत गर्दै आइएको छ । ‘सुन्दर ठाउँ हेम्जा जाउँ, आलुका स्वादिष्ट परिकार खाउ, आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ गर्दै आइएको महोत्सव यहाँको विशिष्ट पहिचान बनेको छ ।

विसं २०६६ फागुनमा पहिलो पटक एक दिवसीय ‘प्रथम आलु महोत्सव’ गरिएयता लगातार महोत्सव गरिँदै आइएको हेम्जा हाइटेकका सञ्चालक रामचन्द्र त्रिपाठीले जानकारी दिए । आलु खेतीको विस्तार हुँदै जाँदा नार्कअन्तर्गत क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्लेले यस गाउँलाई औपचारिक रूपमा नै आलु गाउँका रूपमा परिचित गराएको थियो । उनका अनुसार पछिल्लो समयमा यहाँका अधिकांश किसान आलुखेतीतर्फ आकर्षित बनेका छन् ।

आलुमा पहिचान नै बनाएको हेम्जामा खानेसँगै बीउ आलुको लागि पनि किसान आकर्षित बन्दै गएका त्रिपाठीले बताए । हेम्जा हाइटेकमार्फत बीउ उत्पादन थालिएको बताउँदै उनले अघिल्लो वर्ष पाँच हजार किलो बीउ उत्पादन गरिएको जानकारी दिए । यस वर्ष १० हजार किलो बीउ उत्पादन गर्ने गरी करिब १६ रोेपनी क्षेत्रफलमा आलु लगाइएको उनको भनाइ थियो ।

उत्पादित बीउ महानगरपालिकाले जिम्मा लिएर किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गरिरहेको छ । पछिल्ला समयमा लेखनाथ क्षेत्रमा आलु खेतीतर्फ किसान आकर्षित बन्दै गएको ढलेपिपल ताजा तरकारी किसान समूह पोखरा–२६ का अध्यक्ष धर्मदत्त पौडेलले बताए । समूहमार्फत् ५ वर्षयता आलुको बीउ उत्पादन गरिरहेको भन्दै उनले अघिल्लो वर्ष १३ हजार किलो बीउ उत्पादन गरिएको जानकारी दिए ।

कास्कीमा स्थानमा आलुको उत्पादकत्वप्रति हेक्टर १८ देखि २० टनसम्म

‘समूहमा ३२ किसान आवद्ध भए पनि आलुको बीउ उत्पादनमा छ जना लागेका छौं,’ पौडेलले भने, ‘हाल एमएस ४२ जातको आलु लगाइएको छ । यसवर्ष थप ३० रोपनी क्षेत्रफलमा प्रशोधनयोग्य जनकदेव जातको आलुको खेती पनि थालेका छौं ।’

समूहगत रूपमा महेन्द्र गुफा किसान समूहले पनि आलुको बीउ उत्पादन गरिरहेको छ । समूहले पाँच रोपनी क्षेत्रफलमा आलुखेती गरेकामा गतवर्ष दुई हजार एक सय किलो बीउ उत्पादन गरेको समूहका पूर्व अध्यक्ष निर्मला बस्नेतले बताइन् । उनका अनुसार गतवर्ष बीउ बिक्रीबाट मात्रै समूहले १ लाख २७ हजार आम्दानी गरेको थियो ।

व्यावसायिक आलुखेतीमा सर्वसाधारणको आकर्षण बढेसँगै पोखरा महानगरले यसको व्यावसायिक खेतीमा जोड दिँदै आएको महानगरका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले बताए । उनका अनुसार जिल्लामा एमएस ४२, कुफ्रज्योति, खुमललक्ष्मी, जनकदेव, खुमल सेतो र डेजिरे जातका आलु लगाउने गरिएको छ । पछिल्ला वर्षमा एमएस ४२ जातको आलु अत्याधिक लगाउन थालिएको उनको भनाइ थियो ।

कास्कीका हेम्जालगायत स्थानमा आलुको उत्पादकत्वप्रति हेक्टर १८ देखि २० टनसम्म हुने गरेको कडरियाले जानकारी दिए । उनले हेम्जामा लगभग चार सयदेखि चार सय २५ हेक्टर क्षेत्रफलमा खेती गरिएको भन्दै आलु उत्पादनबाट मात्रै वार्षिक २० देखि २१ करोडसम्मको कारोबार हुने गरेको जानकारी दिए ।

कृषि महाशाखा प्रमुख कडरियाका अनुसार नेपालमा वार्षिक १ लाख ९५ हजार दुई सय ६८ हेक्टर क्षेत्रफलमा लगाइएको आलुको उत्पादन २७ लाख ३० हजार दुई सय ९४ मेट्रिक टन हुने गरेको छ । उनका अनुसार प्रतिहेक्टर उत्पादकत्व १२.४ मेट्रिक टन रहेको छ ।

पोखरा महानगरले आलु खेती विस्तारमा जोड दिँदै बीउमा ५० प्रतिशत अनुदान उपलब्ध गराएको कडरियाले जानकारी दिए । आलुको बीउ प्रतिकिलो ७० कायम गरी महानगरपालिकाले ५० प्रतिशत अनुदानमा उपलब्ध गराउँदै आएको उनले बताए ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width