केपी ओली कप : उपाधिका लागि आर्मी र मधेश भिड्ने

आदर्श समाज सम्वाददाता
मंसिर १४, २०८०
374942619_868015638113506_1943941772956265415_n

पोखरा ।  पोखरामा जारी ‘केपी ओली कप टी—ट्वान्टी राष्ट्रिय क्रिकेट’ प्रतियोगिताको उपाधिका लागि मधेश प्रदेश र त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन् ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बिहीबार भएको सेमिफाइनल खेलमा मधेशले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई र आर्मीले बागमती प्रदेशलाई हराएर फाइनल खेल्ने भएका हुन् । बिहीबार भएको पहिलो सेमिफाइनलमा आर्मीले बागमतीलाई ४ विकेटले पराजित गरेको हो । भने, मधेशले एपिएफलाई ११ रनले पछाडि पारेको हो ।
पहिलो सेमिफाइनलमा पहिलो ब्याटिङ गरेको बागमती प्रदेशले दिएको १ सय २८ रनको लक्ष्य पछ्याएको आर्मीले १५ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो । आर्मीका लागि भीम सार्कीले उत्कृष्ट इनिङ खेले । उनले ३५ बलमा ३९ रन जोडे । सोमपाल कामीले १५ र राजेश पुलामीमगर १ रनमा अविजित रहे । कुशल मल्लले ८ बलमा २७ रन जोडे । विनोद भण्डारीले २५, सन्तोष कार्कीले ७, बसिर अहमदले ५ र रोहित पौडेल शून्य रनमा आउट भए ।

बलिङतर्फ बागमतीका कप्तान सन्दीप लामिछानेले २, प्रतिश जिसीले १, इशान पाण्डे, रित गौतम र सोनु देवकोटाले १–१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २८ रन बनाएको थियो । बागमतीका लागि प्रतीक श्रेष्ठले सर्वाधिक ५० रनको पारी खेले । बागतीका कप्तान सन्दिपले १९, रित गौतमले १४, इशान पाण्डेले १२, सोनु देवकोटाले ९, शुभ कंशाकारले ३ र रोशन विकेले १ योगदान दिए ।

बलिङतर्फ आर्मीका साहब आलमले सर्वाधिक ४ विकेट लिए । ४ ओभर बलिङ गरेका आलमले १ मेडनसहित १४ रन खर्चेर ४ विकेट लिन सफल भए । सोमपाल कामी २ र विवेक यादबले १ विकेट लिए ।

दोस्रो सेमिफाइनल खेलमा पहिले ब्याटिङ गरेको मधेस प्रदेशले एपिएफ क्लबलाई १९८ रनको लक्ष्य दिएको थियो । विशाल लक्ष्य पछ्याएको एपिएफले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८४ रन मात्र बनाउन सक्यो ।

एपिएफका लागि कप्तान प्रदीप ऐरी र सन्दीप जोरा अर्धशतक बनाए । कप्तान प्रदिपले ५५ र सन्दिपले ५४ रन बनाएर आउट भएका थिए । एपिएफका अन्य खेलाडी लोकेश बमले ३२, भुवन कार्कीले १३, सुमित महर्जनले १३ रन जोडे । असिफ शेख ४, पुरन विक ४, अरुण ऐरी र अमर रौटेला शून्य–शून्य रनमा आउट भएका थिए ।

बलिङतर्फ मधेसका विशाल पटेल ३, कप्तान हरिशंकर शाह र प्रदीप पासवानले २–२ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मधेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९७ रन बनाएको थियो । मधेसका लागि अनिल शाह ५७ र इम्रान शेख ५० रन बनाएर आउट भएका थिए । पवन सराफले ३३, रुपेश सिंहले २१, हिमांशु दत्तले १५ र कप्तान हरिशंकर शाहले १० रन बनाए ।

बलिङतर्फ एपिएफका मौसम ढकालले सर्वाधिक ३ विकेट लिए । अमर रौटेलाले २ विकेट र पुरन विकले १ विकेट हात पारे । प्रतियोगिताको फाइनल खेल शुक्रबार बिहान ११ बजेपछि हुने आयोजकले जनाएको छ । प्रतियोगिताको च्याम्पियन टोलीले ५ लाख, सिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने । यसैगरी उपविजेता टोलीलाई २ लाख ५० हजार, सिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् । प्रतियोगितामा ‘म्यान अफ द सिरिज’ले नगद ३० हजार, ‘बेस्ट बलर’ ले २० हजार पुरस्कार पाउने आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width