हिसान कास्कीको स्पोर्टस् मिटमा उत्साहजनक सहभागिता

आदर्श समाज सम्वाददाता
मंसिर १४, २०८०
hisan sports 3

पोखरा । १६ औं हिसान कास्की स्पोर्टस मिट पोखरा रंगशालामा बिहीबार सुरु भएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा उक्त प्रतियोगिता सुरु भएको हो ।

मसिर १७ गते सम्म्म सञ्चालन हुने १६ औं संस्करणको हिसान स्पोर्टस मिटको उद्घाटनपछि गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले स्वास्थ्य नागरिक उत्पादनका लागि शिक्षासँगै खेलकुदको महत्वपूर्ण भूमिका हुने बताए । पछिल्लो समयमा खेलकुदका गतिविधि बढेसँगै विश्वविद्यालयले खेलकुद अध्ययन अध्यापनका लागि स्नातक तहमा खेलकुद विषयलाई प्राथमिकतामा राखेर अघि बढाएको उनले उल्लेख गरे ।

प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोजकुमार गुरुङले सामाजिक विकास र रुपान्तरणका लागि खेलकुदको विकास अपरिहार्य रहने भन्दै विद्यालयस्तरका खेलकुदले नै खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान दिने बताए ।

प्रतियोगिता मंसिर १७ गतेसम्म चल्ने संयोजक डा. रामजी शर्माले बताए

हिसान कास्कीका अध्यक्ष यामबहादुर रोक्काको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा जिल्ला शिक्षा समन्वय समिति कास्कीका प्रमुख लोकनाथ आचार्य, १६ औं हिसान स्पोर्टस मिटका संयोजक डा.रामजी शर्माले शिक्षासँगै खेलकुदको विकास र खेलाडी उत्पादनका लागि स्पोर्टस मिटलाई निरन्तरता दिँदै आएको बताए ।

उद्घाटन कार्यक्रममा हिसान कास्कीले विभिन्न समयमा आयोजना गरेको अतिरिक्त क्रियाकलापमा विजेता विद्यालय तथा विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो भने विद्यार्थीहरुले सामूहिक नृत्य प्रस्तुत गरेका थिए ।

बिहीबार भएको बास्केटबल उद्घाटन खेलमा हिल प्वाइन्टले सोसल पब्लिक स्कुललाई २७–११ ले पराजित गरेको छ । त्यस्तै अन्य खेलमा गोर्खा बोर्डिङ स्कुलले ज्योतिकुञ्जलाई ११–८ ले, बालकल्याणले डायमन्डलाई ५३–१० ले, सिर्जनाले पोखरा युनाइटेडलाई ३७–१२ ले, माउन्ट अन्नपूर्णले स्पाइरल ग्यालेक्सीलाई ६४–०५ ले र भास्करले वेलननलाई २४–१८ ले पराजित गरेको छ । त्यस्तै अन्य खेलमा पश्चिमाञ्चल, कास्की मोर्डनाइज्ड, सगरमाथा, टप्स, शिशुनिकेतन माविले समेत आ–आफ्ना खेल जितेका छन् ।
त्यस्तै बिहीबार नै सम्पन्न छात्रा भलिबल प्लस टुतर्फ ८ खेल सम्पन्न भएका छन् । पहिलो चरणका खेलमा पोखरा आदर्श, केफ, कास्की मोर्डनाइज्ड, प्रतिभा मावि, मदरल्यान्ड, ज्ञानसागर, पश्चिमाञ्चल र टप्स माविले विजयी सुरुआत गरेका छन् । छात्रतर्फ ७ खेल सम्पन्न भए । जसमा केफ, सोसल पब्लिक स्कुल, सगरमाथा, पश्चिमाञ्चल, सिर्जना, पोखरा आदर्श र गुरुकुललले आ–आफ्नो खेलमा विजयी भए । बिहीबार नै प्लस टु छात्र–छात्रातर्फका ब्याडमिन्टन र टेवुल टेनिसका पहिलो चरणका खेलहरु जारी रहेको ब्याडमिन्टन प्रतियोगिताका संयोजक पुरन कुँवरले जानकारी दिए ।

स्पोर्टस मिट अन्तर्गत छात्र–छात्रा बास्केटबल, भलिबल, व्याडमिन्टन र टेबुल टेनिसका प्रतिस्पर्धा हुनेछन् । प्रतियोगितामा मावितह छात्र भलिबलमा २९ र छात्रातर्फ २१ विद्यालयको सहभागिता हुने हिसान कास्कीका अध्यक्ष रोक्काले जानकारी दिए ।

त्यस्तै छात्र बास्केटबलमा सर्वाधिक ३७ विद्यालयको सहभागिता छ । छात्रातर्फ १५ टिम भिड्नेछन् । टेबुल टेनिसतर्फ २८ विद्यालयका करिब ३ सय छात्र–छात्रा सिंगल्स र डबल्समा प्रतिस्पर्धा गर्नेछन् भने ब्याडमिन्टन छात्र–छात्रातर्फ २४ विद्यालयका ३ सय १२ प्रतिस्पर्धीको सहभागिता छ । विश्वविद्यालयतर्फ बास्केटबलमा ९ वटा शैक्षिक संस्थाहरुले सहभागिता जनाएका छन् ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width