मैनादीमा पहिलोपल्ट सुन्तला महोत्सवले किसान उत्साहित

विजय नेपाल
मंसिर १४, २०८०
mainadai orange festival (1) f

पोखरा । गाउँमै पहिलो पल्ट सुन्तला महोत्सव हुने भएपछि पाल्पाको रिब्दिकोट–७, मैनादीका कृषक उत्साहित भएका छन् ।
सुन्तला खेती गर्ने कृषकको उत्पादनमा वृद्धि, बजारीकरण र सुन्तलाको विविधीकरणमा सहयोग गर्ने उद्देश्यले गाउँपालिका वडा ७ कार्यालयले मंसिर १६ गते शनिबार सुन्तला महोत्सव आयोजना गर्न लागेको हो ।

स्थानीय प्रभात मावि प्रागंणमा हुने महोत्सवको आवश्यक तयारी अन्तिम चरणमा पुगेको वडाध्यक्ष दानबहादुर कुँवरले बताए । महोत्सवको संरक्षक गाउँपालिका हो भने व्यवस्थापन तथा समन्वय मैनादी कृषि सहकारी संस्थाले गरेको छ ।

महोत्सवले सुन्तलाको बजार प्रवद्र्धन र कृषकलाई प्रोत्साहन मिल्ने वडाध्यक्ष कुँवरको विश्वास छ । उनले सुन्तला खेतीप्रति आकर्षित गर्दै बजारीकरणसँगै सुन्तलाको उचित भाउ किसानलाई कसरी दिलाउन सकिन्छ भन्नेमा महोत्सव सहयोगसिद्ध हुने बताए । उनका अनुसार वडा ७, मैनादीमा मात्रै ४ सयभन्दा बढी कृषकले सुन्तला खेती गर्दै आएका छन् । गत वर्ष पालुङ मैनादीबाट मात्रै १ करोड ८० लाख बराबरको सुन्तला बिक्री भएको थियो । उनका अनुसार यस वर्ष २ करोड १० लाखभन्दा बढीको सुन्तला बिक्री हुने अनुमान छ ।

रिब्दिकोट गाउँपालिकाभर १ हजार ५ सयभन्दा बढी कृषकले सुन्तला खेती गर्छन् । गत वर्ष गाउँपालिबाबाट साढे ४ करोडको सुन्तला बिक्री भएको गाउँपालिकाको तथ्यांक छ ।

पालिका अध्यक्ष नारायणबहादुर कार्कीले महोत्सवमा सुन्तला खेतीका लागि निशुल्क माटो शिविर, प्लान्ट क्लिनिक, सुन्तला खेतीमा प्रयोग हुने उपकरणको प्रदर्शनी, सुन्तलाका परिकार प्रदर्शनी हुने बताए । साथै सुन्तला बगैँचा अवलोकन, सुन्तला खाने प्रतियोगिता, विषादीको प्रयोगबारे सचेतना, उत्कृष्ट सुन्तला कृषक सम्मान एवं अन्य खेतीका विषयमा जानकारी दिइने बताए ।

प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालले गाउँपालिकाका सुन्तलाको विविधीकरण गर्दै किसानलाई कसरी व्यावसायिक तथा स्वरोजगार बनाउन सकिन्छ भन्नेबारे महोत्सवले टेवा मिल्ने विश्वास लिए । उनले गाउँपालिकाका ८ वटा वडामध्ये वडा २, ३, ४, ५ र ७ मा बढी सुन्तला खेती हुने गरेको बताए ।

मैनादी कृषि सहकारी संस्था अध्यक्ष वेनबहादुर पुनले गाउँमा पहिलो पल्ट महोत्सव हुने भएपछि स्थानीय कृषक खुसी भएको बताए । महोत्सव सफल पार्न सबै जना एकजुट भएका छन्।

महोत्सवको सहआयोजकमा सुन्तला जात फलफूल विकास केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जोन, कृषि ज्ञान केन्द्र र हेफर प्रोजेक्ट नेपाल रहेको मैनादी कृषि सहकारीका व्यवस्थापक केशवबहादुर कुँवर बताउँछन् ।

२०३८ सालतिर मैनादीकै लोकबहादुर कुँवरले पहिलो पल्ट सुन्तला खेती गरेर सुरुआत गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width