युनिप्स खेल महोत्सव उद्घाटन आज

आदर्श समाज सम्वाददाता
मंसिर १४, २०८०
unips

पोखरा । संस्थागत एवं निजी विद्यालयहरुको छाता संस्था युनिप्स नेपालको आयोजनामा पाँचौं युनिप्स खेल महोत्सव अन्तर्गत बुधबार फुटबल, कबड्डी, खोखोका खेल सुरु भए ।

छात्र मावितर्फ फुटबल, छात्रा मावि तह खोखो र आधारभूत तह (कक्षा १–५) अन्तर्गत छात्रछात्रा कबड्डीका खेलहरु सुरु भएका हुन् ।

मावि छात्रतर्फ फुटबलमा बेलनन एकेडेमी, स्माइल स्मल हेभन बोर्डिङ स्कुल, होली एन्जल र एकता अन्तिम चारमा प्रवेश गरे । प्रतियोगितामा फुटबलतर्फ १० टिमको सहभागिता थियो ।

वेलननले सिलसिलालाई ६–० र पिनाकललाई टाइब्रेकरमा ३–१ गोलले पराजित गर्दै सेमिफाइनल यात्रा सुरक्षित गरेको हो । त्यस्तै एकताले टाइब्रेकरमा कालिकालाई ४–३ र होली एन्जलले माउन्ट हेभनलाई ६–० ले र गेफलाई ३–१ गोलले पराजित गरि सेमीफाइनलमा प्रवेश गरेको छ ।

त्यस्तै मावि छात्रतर्फ खोखोमा कालिका इङलिस सेकेन्डरी प्रथम, एकता दोस्रो, बेलनन तेस्रो र सिलसिला चौंथो भए । कालिकाले फाइनलमा एकतालाई १३–७ अंकले पराजित गर्न सफल भएको हो ।

आधारभूत तह (कक्षा १–५) मा छात्रछात्रा कवड्डी अन्तर्गत बुधबार पहिलो चरणका खेलहरु सम्पन्न भएको पाँचौ युनिप्स खेलकुद महोत्सव उपसमितिका संयोजक विनोदकुमार नेपालीले बताए । कबड्डी छात्रतर्फ ६ र छात्रातर्फ ५ गरी कुल १२ खेलहरु सम्पन्न भए । कवड्डीतर्फ २४ टिमले भाग लिएका छन् ।

बिहीबार माविस्तरीय (कक्षा ९–१०) छात्र फुटबलको सेमीफाइनलका खेल र आधारभूत तह (कक्षा १–५) छात्रछात्रा कवड्डीका खेलहरु जारी रहने छन् । युनिप्स अध्यक्ष शान्तबहादुर गुरुङले महोत्सवको औपचारिक उद्घाटन बिहीबार पोखरा रंगशालामा हुने बताए । जसअन्तर्गत एथलेटिक्सका खेलसँगै मार्चपास हुनेछ ।

प्रतियोगितामा युनिप्समा आवद्ध १८ विद्यालयका ४ हजारभन्दा बढी खेलाडीहरुले सहभागिता जनाएका छन् । विभिन्न खेलका ६ सय खेलाडीलाई पुरस्कृृत गरिने छ ।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width