पर्वतीय दिवसमा पर्वतीय महोत्सव

आदर्श समाज सम्वाददाता
मंसिर १४, २०८०
Mountain Fest Photo

पोखरा । संयुक्त राष्ट्र संघले सन् २००३ देखि अन्तर्राष्ट्रिय पर्वतीय दिवस’ मनाउन सुरु ग¥यो । प्रत्येक वर्ष ११ डिसेम्बरमा हिमाल भएका देशहरुले यो दिवस मनाउन सुरु गरे । यसको मुख्य उद्देश्य भनेकै पर्वतीय पर्यटन, वातावरण संरक्षण र यसले समाजमा पार्ने प्रभावसम्बन्धी जनचेतना फैलाउने रहेको छ । विश्वभर ८ हजार मिटरभन्दा अग्ला १० हिमाल छन् । जसमध्ये ८ वटा नेपालमै अवस्थित छ । यसकारण पनि नेपालका लागि यो दिवस अझै महत्वपूर्ण छ । दिवसलाई हर्षोल्लास साथ मनाउन नेपाल पर्वतारोहण संघले बर्सेनि विविध कार्यक्रम गरिरहेको छ ।

संघले ८ वर्षदेखि पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, रातोपैह्रोमा विविध कार्यक्रमसहित पर्वतीय महोत्सव आयोजना गर्दै आएको छ । यसलाई यो वर्ष पनि निरन्तरता दिने भएको छ । विगतका वर्षमा ३ दिन हुने महोत्सव यसपािल ५ दिनसम्म मनाइने आयोजकले बुधबार पत्रकार सम्मेलन गरी जनायो । आठौं संस्करणको महोत्सव २२ देखि २६ मंसिरसम्म रातोपैह्रोमा नै हुने महोत्सवका निर्देशक जिनेश सिन्दुल्करले बताए ।

महोत्सवमा बर्डस् कन्जरभेसन, पर्वतारोहण र पर्वतीय जीवनबारे ६ वटा वृत्तचित्र प्रदर्शन, फोटो प्रदर्शनी, विभिन्न खेलका प्रतिस्पर्धा हुने नेपाल पर्वतारोहण संघका महासचिव मोहन लम्सालले बताए । महोत्सवको ५ दिन नै पर्वतारोहण र पर्वतीय जीवनबारे ६ वृत्तचित्र प्रदर्शन गरिने उनले बताए । महोत्सवमा पासाङ, माउन्टेन म्यान, सोफी लाभाड, द सेकेन्ड समिट, अई–डेला हट्स भ्यालिस र एभरेस्ट म्यान वृतचित्र मञ्चन हुनेछन् ।

यसैगरी, बर्डस कन्जरभेसनसँगको सहकार्यमा ‘मिसअन्डरस्टुड बर्डस्’ नामक नाटक प्रदर्शन मुख्य आकर्षणको रुपमा रहनेछ । उक्त नाटक ललितपुरको परोपकारी विद्यालय चिल्ड्रेन एन्ड युथ फस्र्टका विद्यार्थीले मञ्चन गर्नेछन् ।

‘विद्यार्थीले स्टेजमा गिद्धहरुको भेषमा मास्क लगाई गिद्धको महत्वबारे साथसाथै नेपालका चरा तथा जैविक विविधतासम्बन्धी ज्ञान जनसाधारणमा पु¥याउनेछ,’ लम्सालले भने, ‘यो कार्यक्रमको संरक्षणबारे जानकारी दिने विश्वास लिएका छौं ।’

यस्तै, विभिन्न विधामा कीर्तिमान बनाएका पर्वतारोहीको फोटो प्रदर्शनीसमेत गरिने महोत्सवकी सदस्य सचिव निर्मला न्यौपानेले जानकारी दिइन् ।

प्रतियोगितामा यो वर्ष ‘टग अफ वार’ पहिलो पटक समावेश गरिएको छ । यसबाहेक छेलो प्रतियोगिता, जिपलाइन, दोहोरीगीत पनि समावेश गरिएको छ ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width