स्वाभिमान सहकारीमा साराबहादुर

आदर्श समाज सम्वाददाता
मंसिर १४, २०८०
swabhimani sahakari

पोखरा । स्वाभिमान बचत तथा ऋण सहकारीको वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कमलबहादुुर रेग्मीको अध्यक्षतामा भएको कार्यक्रम प्रदेश सांसद बिन्दुुकुुमार थापाले उद्घाटन गरे ।

अधिवेशनले साराबहादुर पोख्रेलको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति चयन गरेको छ । समितिको उपाध्यक्ष क्या. यामबहादुर क्षेत्री, सचिव अर्चना बस्नेत रोकाहा, कोषाध्यक्ष भीमबहादुर खत्री, सहचिव हिमाल खड्का चयन भए । सदस्यहरु कृष्णकुमारी महत, तनुजा कार्की, मनशान्ति क्षेत्री, श्यामला थापा, हीराबहादुर खत्री छन् । यस्तै, गणेशबहादुर केसीको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति निर्विरोध निर्वाचित भए । समितिमा राजबहादुर थापा र धनबहादुर गोदार सदस्य छन् ।

दोस्रो सत्रमा निर्वाचन अधिकृत पदमबहादुर थापा, सदस्य कर्नेल कृष्णबहादुर खत्री र सदस्य उर्मिला खड्काको निर्वाचन मण्डलले निर्वाचन गराएको थियो ।

संस्थाका उपाध्यक्ष विमला भण्डारीको स्वागत रहेको कार्यक्रममा मन्जुु क्षत्री र वेदबहादुुर थापालाई असल बचतकर्ता, रामबहादुुर बराल र देवकुुमारी भण्डारीलाई असल कारोबारीका रुपमा सम्मान गरिएको थियो । ज्येष्ठ नागरिक तेजबहादुुर क्षत्री र विभिन्न तह र संकायमा उत्तीर्ण १६ जना विद्यार्थीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा महानगरपालिका सहकारी डिभिजन कार्यलयका कानुुनी सल्लाहकार दण्डपाणि अधिकारी, सदस्यको तर्फबाट राजेन्द्रबहादुर थापाले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width