शिशु कल्याणमा वार्षिक खेलकुद

आदर्श समाज सम्वाददाता
मंसिर १४, २०८०
shishu kalyan

पोखरा । पोखरा १७ छोरेपाटनस्थित शिशुकल्याण इङ्लिस स्कुलमा वार्षिक खेलकुद कार्यक्रम सञ्चालन गरेको छ । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवं नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले कार्यक्रम उद्घाटन गरे । ३५ औं वर्षको उपलक्ष्यमा आयोजित कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दै विद्यालयले लामो समयदेखि गुणस्तरीय शिक्षा प्रदान गरेकामा विद्यालय परिवारप्रति आभार व्यक्त गरे ।

मंसिर १३–१५ सम्म सञ्चालन हुने कार्यक्रममा विभिन्न तहका ३५ प्रतियोगिता सञ्चालन हुने कार्यक्रम संयोजक किशोर सिंह मल्लले जानकारी दिए ।

विद्यालयका प्रधानाध्यापक ईश्वरीप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा सहप्रधानाध्यापक रीता गुरुङले समेत बोलेको कार्यक्रम सञ्चालक एवं विद्यालयका शिक्षक भरतराज पौडेलले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • अमरसिंहमा छात्रवृत्ति वितरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । अमरसिंह मावि, रामघाटमा नवआगन्तुक कक्षा ११ का विद्यार्थीलाई स्वागत गर्दै अभिमुखीकरण गरिएको छ । सो अवसरमा कक्षा १२…
  • गण्डकी बोर्डिङलाई अन्तर्राष्ट्रियस्तरको बनाउने प्रण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी बोर्डिङ स्कुल (जिबिएस) का नवनियुक्त प्रिन्सिपल डा. विश्वयुधीर पौडेल घर्तीले सबैजना मिलेर जिबिएसलाई अन्तर्राष्ट्रियस्तरको विद्यालय बनाउने प्रण…
  • जानकीका विद्यार्थीलाई पोखरा ग्राण्डको साथ

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    गण्डकी । विद्यार्थीको सिकाईलाई पाठ्यक्रम महत्वपूर्ण हुन्छ । त्यसैलाई मध्यनजर गर्दै पोखरा १७ महतगौंडास्थित जानकी माध्यमिक विद्यालयका विद्यार्थीलाई पोखरा ग्रान्डले…
  • प्रतिभा माविको विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा. बुद्धिबहादुर थापाले कुनै पनि विषयको अध्ययनमा हिम्मत नहार्न विद्यार्थीलाई सुझाएका छन्…
  • सञ्चारमाध्यममा ३३ प्रतिशत पत्रकार महिलाको सहभागितामा जोड

    आदर्श समाज सम्वाददाता श्रावण ७, २०८१
    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागितामा जोड दिएकी छन्। सञ्चारमाध्यममा महिला सहभागिता कम…

hero news full width