पाल्पाली सहकारी र मणिपालबीच सम्झौता

आदर्श समाज सम्वाददाता
मंसिर १४, २०८०
palpali sahakari (2)

पोखरा । पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था र मणिपाल शिक्षण अस्पतालबीच कर्पोरेट स्वास्थ्य परीक्षण सुविधा योजनामा सम्झौता भएको छ ।

अस्पतालले ल्याएको व्यावसायिक प्रतिष्ठान तथा संघ, संस्था स्वास्थ्य परीक्षण योजनामा दुई पक्षबीच मंगलबार सहमति भएको हो । सम्झौतापत्रमा अस्पतालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल अडुविल र सहकारीतर्फबाट अध्यक्ष चिरञ्जीवी श्रेष्ठले हस्ताक्षर गरेका छन् । समारोहमा सहकारीतर्फबाट निवर्तमान अध्यक्ष कुलप्रसाद घिमिरे, उपाध्यक्ष बाबुराम खनाल र सचिव रेशम रचकको उपस्थिति थियो ।

सहमतिअनुसार सहकारीका सेयर सदस्य, साधारण सदस्य तथा कर्मचारीले संस्थाको परिचयपत्र आधारमा मनिपालमा स्वास्थ्य परीक्षण तथा उपचारमा विशेष छुट प्राप्त गर्न सक्ने सहकारी सचिव रेशम थापाले बताए ।

पाल्पाली समाज पोखराको पहलमा खोलिएको सहकारीको यही मंसिर १६ गते पाल्पा हाउस, न्यूरोडमा वार्षिक साधारणसभा तथा अधिवेशन हुँदैछ ।

यसैबीच, पाल्पाली समाजले मंगलबार स्थापनाको ३० औं वार्षिकोत्सव मनाएको छ । २०५१ सालमा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको पाल्पाली समाज सम्पर्क समाजमा जेठो हो ।

दिवस अवसरमा पाल्पा हाउसमा आयोजित समारोहमा संस्थाका संरक्षक, पूर्व अध्यक्ष एवं सहकारी अध्यक्ष चिरञ्जीवी श्रेष्ठले केक काटेका थिए । समाजका अध्यक्ष बालचन्द्र परियारको अध्यक्षतामा भएको कार्यक्रममा समाजका सल्लाहकार, पदाधिकारी, सदस्य एवं सहकारीका केही सदस्यको पनि उपस्थिति रहेको महासचिव सञ्जय आत्रेयले बताए ।

पाल्पाली समाजले गत शनिबार पृथ्वीचोकमा निशुल्करुपमा बृहत् स्वास्थ्य शिविर गरेको थियो ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width