आदर्शको रक्तदानमा ७४ युनिट रगत संकलन

आदर्श समाज सम्वाददाता
मंसिर १४, २०८०
aadarsha blood donation (1)

लेखनाथ । पोखरा २९ भण्डारढिकमा रहेको आदर्श युवा क्लबले राखेको रक्तदानमा ७४ युनिट रगत संकलन भएको छ ।

क्लबका अध्यक्ष पदम गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङले पहिलो रक्तदाता खेलाडी रोशन पौडेललाई ब्लडब्याग हस्तान्तरण गर्दै कार्यक्रम शुभारम्भ गरे ।

क्लबको २६औं वार्षिकोत्सव तथा २४ औं रक्तदानका अवसरमा शुभकामना मन्तव्य राख्दै क्लबका संस्थापक अध्यक्ष समेत रहेका पोखरा २९ का निवर्तमान वडाध्यक्ष चेतबहादुर गुरुङ, लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा, दीपशिखा सामुदायिक पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारी, ङयोए तमुधिं लेखनाथका अध्यक्ष मेजर रामप्रसाद गुरुङ, भण्डारढिक टोल विकास संस्था, जनप्रकाश टोल विकास संस्था, सिद्धार्थ बुद्ध टोल विकास संस्थाका अध्यक्षहरू लगायतले रक्तदानको महत्वबारे बोलेका थिए ।

रक्त सञ्चार केन्द्र पोखराका शाखा अधिकृत महेन्द्र केसी नेतृत्वको टोलीले प्राविधिक सहयोग गरेको रक्तदान कार्यक्रममा संयोजक लक्ष्मण सुनारले स्वागत तथा सञ्चालन सदस्य सन्तोष गुरुङले गरेका थिए ।

रक्तदानमा युवा क्लबका सल्लाहकारहरू, भण्डारढिकका आमा समूह, विभिन्न संघ संस्था एवं राजनीतिक दलका प्रतिनिधिहरूको सक्रिय सहभागिता थियो ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width