स्वर्णिम वाग्ले रास्वपा उपसभापति

आदर्श समाज सम्वाददाता
मंसिर १४, २०८०
swarnim wagle

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डा. स्वर्णिम वाग्लेलाई पार्टी उपसभापतिमा मनोनीत गरेको छ । बुधबार सम्पन्न भएको पार्टी केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठकले सो निर्णय गरेको हो ।

जलेश्वरमा ३ दिनसम्म बसेको बैठकले पार्टीको केन्द्रीय समिति ६० सदस्यीय पु¥याउने निर्णय गरेको छ । साथै बैठकले सांसद सुमोन श्रेष्ठ र विपीन आचार्यलाई सहमहामन्त्री चयन गरेको छ । यस्तै कोषाध्यक्षमा लिमा अधिकारी र सहकोषाध्यक्षमा दीपक बोहरा चुनिए । सहप्रवक्तामा मनीष झा, प्रतिभा रावल र रमेश प्रसाईंलाई जिम्मेवारी दिइएको छ ।

पार्टीमा सबै सांसदहरुलाई केन्द्रीय सदस्य बनाइएको छ । यस्तै पाँच केन्द्रीय सदस्यमा अनिल केशरी शाह, राजन गौतम, नन्दन यादव, पुकार बम र कामिनी चौधरी चुनिए ।

पार्टीमा यसअघि सभापति रवि लामिछानेसहित ५ जना मात्र पदाधिकारी थिए ।

उपसभापति डिपी अर्याल, महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकाल, सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी र सहकोषाध्यक्ष बसुमाया तामाङ यसअघि नै थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width