नेपालमा पहिलो पल्ट समलिंगी विवाह

आदर्श समाज सम्वाददाता
मंसिर १३, २०८०
bisexual

पोखरा । नेपालमा पहिलो पल्ट समलिंगी विवाह दर्ता भएको छ । बुधबार माया गुरुङ र सुरेन्द्र पाण्डेको विवाह लमजुङको दोर्दी गाउँपालिका वडा २ मा दर्ता भयो ।
गाउँपालिकाले विवाह दर्ता गरी जारी गरेको प्रमाणपत्रमा सर्वोच्च अदालतको अन्तरिम आदेश बमोजिम विवाह अस्थायी अभिलेख रहने गरी जारी गरिएको उल्लेख छ ।
प्रमाणपत्रमा सुरेन्द्र पाण्डे (दुलाहा) र रामबहादुर गुरुङ (दुलही) उल्लेख छ । दुलाहाको स्थायी ठेगाना कावासोती ८, नवलपरासी हो भने दुलहीको दोर्दी गाउँपालिका २, लमजुङ हो ।
उनीहरुले ६ वर्ष अगाडि पञ्चेबाजा बजाएर विवाह गरेका थिए । दुबैको परिवारले स्वीकारसमेत गरेको थियो । तर कानुनीरुपमा उनीहरु श्रीमान्–श्रीमती हुन सकेका थिएनन् ।
गत १३ असारमा सर्वोच्चबाट विवाह दर्ताको आदेशपछि उनीहरुले काठमाडौं जिल्ला अदालतमा विवाह दर्ता गर्ने प्रयास गरेकोमा अदालतले स्वीकार गरेन । अदालतले सर्वोच्चकै आदेश अस्वीकार गरे पनि स्थानीय निकायले सामलिंगी जोडीको विवाह दर्ता गरेको पहिलो हो ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width