गण्डकीको अर्थ समितिले माग्यो रुग्ण आयोजनाको लगत

आदर्श समाज सम्वाददाता
मंसिर १३, २०८०
artha tatha bikash samiti (1)

पोखरा । गण्डकी प्रदेश सभाका समितिहरु क्रियाशील हुन थालेका छन् । प्रदेश मामिला तथा कानुन समितिको बैठक बसेर सञ्चार विधेयकका बारेमा छलफल थालेको छ । सार्वजनिक लेखा समितिले कार्यविधि बनाएर सदस्यहरुलाई अभिमुखीकरण गर्ने भएको छ । सामाजिक विकास तथा कृषि समितिको बैठक मंसिर १५ का लागि डाकिएको छ ।

अर्थ तथा विकास समितिको बैठक बुधबार बसेको छ । समितिले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई महत्वपूर्ण विषयहरुमा निर्देशन दिने निर्णय गरेको छ । समितिका सभापति भोजराज अर्यालका अनुसार, चालु आर्थिक वर्षमा सञ्चालन हुने विकास आयोजना सम्बन्धमा संघीय सरकारले प्रदेशमा हस्तान्तरण गरेका तथा लागत साझेदारीमा सञ्चालन हुने आयोजना, प्रदेशका गौरवका आयोजना एवं वार्षिक विकास कार्यक्रममा उल्लेख भएका योजनाहरुको कार्यान्वयनको अवस्था सम्बन्धी विवरण माग गर्ने निर्ण भएको छ । विभिन्न कारणले हालसम्म पनि कार्यान्वयन हुन नसकेका रुग्ण आयोजनाको विवरण अर्थ तथा विकास समिति समक्ष पेस गर्न भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको समिति सचिव प्रेम सुवेदीले जानकारी दिए ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलभित्र पार्किङ शुल्क वैज्ञानिक र व्यवहारिक बनाउन निर्देशन

यसैगरी पोखरा नगर क्षेत्र भित्र चल्ने सार्वजनिक सवारी साधनका सम्बन्धमा भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयलाई निर्देशन दिने निर्णय समितिले गरेको छ । सभापति अर्यालका अनुसार, पोखरामा चल्ने ट्याक्सी मिटर सिस्टममा तोकिएको भाडादर मात्र लिने गरी ट्याक्सी सञ्चालन हुने व्यवस्था मिलाउन निर्देशन दिने निर्णय भएको छ । उनले भने, ‘नगर क्षेत्रभित्र चल्ने ट्याक्सीले मिटर सिस्टममा चल्न नमान्ने र बढी भाडा असुल्ने तथा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलदेखि नजिकको गन्तव्यसम्म जाँदा पनि मनोमानी शुल्क लिने गरेको जनगुनासो आएपछि यसबारेमा छलफल गरी मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेका हौं ।’

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलभित्र पार्किङ शुल्क वैज्ञानिक र व्यवहारिक बनाउन समितिले निर्देशन दिएको छ । गाडी पार्किङ गर्दा चर्काे शुल्क तिर्नुपर्ने र सोको कारण यात्रुहरु बढी भाडाको मारमा परेको भन्ने गुनासो आएको सभापति अर्यालले बताए ।

यसैगरी, समितिले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलदेखि हाइवेसम्म आवतजावतमा नागरिकको सहजताको लागि निशुल्क सटल बस सेवा सञ्चालनको सम्भाव्यता अध्ययन गर्न भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ ।

बैठकमा पदेन सदस्य भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जाली, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री दीपेन्द्रबहादुर थापा सहभागी थिए ।
समिति सदस्यमा गणेशमान गुरुङ, डिल्लीराम सुवेदी, पद्मा जिसी श्रेष्ठ, पार्वती तामाङ, प्रकाश बराल, प्रकाशबहादुर केसी, लक्ष्मणबहादुर पाण्डे, विमला गौचन, बिन्दु पौडेल, सीताकुमारी सुन्दास र हरिबहादुर भण्डारी सदस्य छन् । अर्थ, भौतिक र वन मन्त्री पदेन सदस्य रहने प्रावधान छ ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width