गंगाधर पराजुली जिल्ला सदस्यबाट पदमुक्त, सभापतिले नेतृत्व दिन नसकेको पराजुलीको आरोप

आदर्श समाज सम्वाददाता
मंसिर १३, २०८०
ganga

पोखरा । नेपाली कांग्रेस कास्की जिल्ला सभापति किशोरदत्त बरालले आफैले मनोनीत गरेका जिल्ला सदस्य गंगाधर पराजुलीलाई पदमुक्त गरेका छन् ।

मंसिर १० गतेको मिति राखेर सार्वजनिक भएको पत्रमा २०७८ चैत ४ गते, नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को परिच्छेद ३, धारा १२, उपधारा ५ ख २ वमोजिम नेपाली कांग्रेस जिल्लाा कार्यसमिति कास्कीको सदस्य पदमा गरिएको तपार्इंको मनोयनलाई नेपाली कांग्रेसको विधानको धारा ६१ अनुसार सभापतिमा अन्तरनिहित वैधानिक व्यवस्था अनुसार मिति २०८० मंसिर १० गतेबाट लागु हुने गरी जिम्मेवारी मुक्त गरिएको उल्लेख छ । उनले भनेका छन्, ‘नेपाली कांग्रेस जिल्ला कार्यसमिति कास्कीको मनोनीत सदस्यको रुपमा रहेर तपाईंले संगठनलाई पु¥याउनु भएको सहयोगका निम्ति हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’

पराजुली विगत ४ महिनादेखि अमेरिका थिए । उनी नेपाल आउदैछन् ।

उता पराजुलीले भने सभापतिको कार्यशैली, अनि भाषण र सामाजिक सन्जालमा एउटा कुरा भन्ने तर ब्यबहारमा त्यो नगर्ने प्रवृत्ति साथै जिल्ला कार्य समितिको नियमित वा अन्य बैठक लामो समय देखि गर्न नसक्ने, महिला संघलाई बिवाद र विभाजनतर्फ लैजाने, नेविसंघको विवाद मिलाउन कुनै चासो नदिएको आरोप लगाएका छन् । उनले भने, पार्टी संगठन सुदृढ़ गर्ने कुरा भन्दा पनि व्यक्तिगत ईच्छा र चाहना अनुसार जिल्ला चलाउन खोजेपछि मैले ५/७ महिना अगाडि नै मलाई जिल्ला सदस्य बाट हटाएर अरु साथीहरुलाई राख्नु भनेको थिएं सार्वजनिक रुपमा तर यतिवेला मात्र मेरो भाईवरमा यो पत्र खुसुक्क पठाएको देखें ।

आफू नेपाल बाहिर गएपछि नियमित वा अन्य कुनै बैठक समेत हुन नसकेको पराजुलीले बताएका छन् । एक पटक ८ जना र एक पटक १५ जना मात्र उपस्थित भएर कोरम समेत नपुगेको भन्दै उनले। यस्तो अवस्था आउनुमा सभापति नै प्रमुख कारण रहेको बताएका छन् । आफूलाई जिल्ला सदस्य बाट मुक्त गरेकोमा कुनै दुख नलागेको पराजुलीको प्रतिक्रिया छ ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width