औद्योगिक व्यापार मेला २१ मंसिरदेखि

आदर्श समाज सम्वाददाता
मंसिर १३, २०८०
pcci mela

पोखरा । पोखरा उद्योग वाणिज्य संघ आयोजनामा २१ मंसिरदेखि १ पुससम्म राष्ट्रिय औद्योगिक व्यापार मेला हुँदैछ ।

पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने महोत्सवको तयारी तीव्र पारिएको छ । महोत्सवको मुख्य प्रायोजक लक्ष्मी हाउसको समृद्धि स्टिल्स हो । ‘लगानीको सम्वद्र्धन : उद्योग व्यवसायको प्रवद्र्धन’ भन्ने नाराका साथ आयोजना हुने मेलामा पोखरा महानगपालिका र नेपाल पर्यटन बोर्डले मेलाको प्रवद्र्धक हुन् ।

आयोजक संस्थाका अध्यक्ष पवनकुमार प्रजापतिका अनुसार मेलामा गण्डकी प्रदेशका विभिन्न जिल्लामा उत्पादित हस्तकला, बास्तुकला, कृषिजन्य उत्पादनको बिक्री र प्रदर्शनका अलावा, नयाँ औद्योगिक उत्पादन, अटो प्रदर्शनी र मनोरञ्जनात्मक कार्यक्रम पनि समावेश गरिएको छ । उत्पादक र उपभोक्तालाई एउटै मञ्चमा ल्याउनु तथा सुस्ताएको बजार चलायमान बनाउनु मेलाको अर्को उद्देश्य भएको उनले बताए । मेलामा प्रवेश टिकट बिक्रीबाट प्राप्त हुने १० रुपैयाँ जाजरकोट भूकम्पपीडितको लागि प्रदान गरिने उनले बताए ।

संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीका अनुसार मेलामा देशका विभिन्न प्रतिष्ठिन घराना र उत्पादन जोडिएको र जोडिने क्रम जारी छ । उपाध्यक्ष उत्तममान बुद्धाचार्यले मेलाको स्टल निर्माण सुरु भएको जानकारी दिँदै यो पटक स्टलको साजसज्जालाई विशेष ध्यान दिइएको जिकिर गरे ।
महासचिव बलराम आचार्यले मंगलबारमात्रै बस्तुगत संघहरुका अध्यक्ष तथा पदाधिकारीहरुसँग बैठक सम्पन्न गरिएको बताए ।

बैठकमा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी महिला उपसमिति संयोजक रामकली खड्काले मेलामा महिलाहरुलाई बढीभन्दा बढी सहभागी गराउनुपर्ने बताइन् । उनले महिलाहरुद्वारा उत्पादित बस्तुहरुको प्रदर्शन र बिक्रीमा ध्यान दिन पोउवा संघसँग आग्रह पनि गरिन् ।

बैठकमा पोखरा प्लाष्टिक व्यवसायी समिति अध्यक्ष ऋषिराम शर्मा र सचिव परशुराम तिवारी, पृथ्वी होटल व्यवसायी संघका सचिव कृष्ण पौडेल, नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी समिति अध्यक्ष कविन्द्रप्रसाद पोखरेललगायतले पोउवा संघले आयोजना गरेको मेलालाई सफल बनाउन हरसम्भव सघाउने प्रतिबद्धता जनाए ।

Related News

सम्बन्धित समाचार

hero news full width