पाल्पाली सहकारी र मणिपालबीच सम्झौता

आदर्श समाज सम्वाददाता
मंसिर १२, २०८०
405176233_1379189886324591_2636596376353830362_n

सम्झौतापत्रमा हस्ताक्षर गर्दै सहकारी अध्यक्ष चिरञ्जीवी श्रेष्ठ र अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल अडुविल।

पोखरा । पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था र मणिपाल शिक्षण अस्पतालबीच कर्पोरेट स्वास्थ्य परीक्षण सुविधा योजनामा सम्झौता भएको छ ।

अस्पतालले ल्याएको व्यावसायिक प्रतिष्ठान तथा संघ, संस्था स्वास्थ्य परीक्षण योजनामा दुई पक्षबीच मंगलबार सहमति भएको हो । सम्झौतापत्रमा अस्पतालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल अडुविल र सहकारीतर्फबाट अध्यक्ष चिरञ्जीवी श्रेष्ठले हस्ताक्षर गरेका छन् । समारोहमा सहकारीतर्फबाट निवर्तमान अध्यक्ष कुलप्रसाद घिमिरे, उपाध्यक्ष बाबुराम खनाल र सचिव रेशम रचकको उपस्थिति थियो ।

सहमतिअनुसार सहकारीका सेयर सदस्य, साधारण सदस्य तथा कर्मचारीले संस्थाको परिचयपत्र आधारमा मनिपालमा स्वास्थ्य परीक्षण तथा उपचारमा विशेष छुट प्राप्त गर्न सक्ने सहकारी सचिव रेशम थापाले बताए ।

पाल्पाली समाज पोखराको पहलमा खोलिएको सहकारीको यही मंसिर १६ गते पाल्पा हाउस, न्यूरोडमा वार्षिक साधारणसभा तथा अधिवेशन हुँदैछ ।

यसैबीच, पाल्पाली समाजले मंगलबार स्थापनाको ३० औं वार्षिकोत्सव मनाएको छ । २०५१ सालमा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको पाल्पाली समाज सम्पर्क समाजमा जेठो हो ।

दिवस अवसरमा पाल्पा हाउसमा आयोजित समारोहमा संस्थाका संरक्षक, पूर्व अध्यक्ष एवं सहकारी अध्यक्ष चिरञ्जीवी श्रेष्ठले केक काटेका थिए ।

२०५१ मंसिर १२ मा स्थापित पाल्पाली समाज पोखरा ३० औं वार्षिकोत्सव मनाउँदै।

समाजका अध्यक्ष बालचन्द्र परियारको अध्यक्षतामा भएको कार्यक्रममा समाजका सल्लाहकार, पदाधिकारी, सदस्य एवं सहकारीका केही सदस्यको पनि उपस्थिति रहेको महासचिव सञ्जय आत्रेयले बताए ।

दिवसकै अवसरमा विविध कार्यक्रम गर्दै आएको समाज पाल्पाली समाजले गत शनिबार पृथ्वीचोकमा निशुल्करुपमा बृहत् स्वास्थ्य शिविर गरेको थियो । जसमा २२० जना लाभान्वित भए।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width