लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सद्वारा लघु बिमा साक्षरता

आदर्श समाज सम्वाददाता
मंसिर १२, २०८०
liberty (1)

पोखरा । पोखरामा प्रधान कार्यालय रहेको लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले लघुबिमा साक्षरता अभियान थालेको छ । पोखराको ताल बाराही माविको कक्षा ११ का विधार्थीबीच लघुजीवन बिमा परिचय, बिमाका सिद्धान्त, फाइदा, बिमामा जोडिन सक्ने प्रक्रिया, बिमासँग सम्बन्धित समयसामयिक विषयवस्तुमा केन्दित रहेर एक मंगलबार कार्यक्रम सम्पन्न गरिएको छ ।

सो कार्यक्रममा कम्पनीको गण्डकी, लुम्बिनी प्रदेशका क्षेत्रीय प्रबन्धक शिवप्रसाद पौडेल, गण्डकी प्रदेश प्रमुख विश्वराज पौडेलले विद्यार्थीबीच अन्तक्र्रिया गरे ।

बिमाको मुलधारमा समावेश हुन नसकिरहेका विपन्न, न्यून आय भएका वर्गका व्यक्तिहरुलाई जीवन बिमामा समेट्ने उद्देश्यकासाथ लघुजीवन बिमा व्यवसाय गर्न इजाजत पाएको लिबर्टी लाइफ इन्स्योरेन्सको अधिकृत पुँजी १ अर्ब, चुक्ता पुँजी ५२.२५ करोड छ । लिबर्टी लाइफ इन्स्योरेन्स कम्पनीको औपचारिक उदघाटन हुने कम्पनीले जानकारी गराएको छ ।

लघुबिमा सचेतना कार्यक्रम देशैभरि सञ्चालन गरिने कार्यक्रम समेत रहेको क्षेत्रीय प्रबन्धक पौडेलले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width