कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाकाे हृदयघातका कारण निधन

आदर्श समाज सम्वाददाता
मंसिर १२, २०८०
lokendra koirala

पोखरा । नेपाली कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाको हृदयघातका कारण निधन भएको छ ।

पोखरा ४ निवासी ४८ वर्षीय कोइरालालाई एक्कासि हृदयघात भएपछि फिस्टेल हस्पिटल लगिएकोमा उपचारक्रममा मंगलबार बिहान सवा ८ बजे निधन भएको परिवारजनले जनाएको छ ।

कोइराला अधिवक्ता समेत हुन् । उच्च अदालत बार एसोसिएसनका सदस्य कोइरालाको निधनप्रति सचिव दुर्गेशराज पन्तले शोकविज्ञप्ति जारी गरेका छन् ।

यस्तै, नेपाली कांग्रेसका युवा नेता, कास्की क्षेत्र १ का सचिव सरोज केसीले कोइरालाको निधनप्रति दुख व्यक्त गर्दै कोइरालाले लोकतान्त्रिक आन्दोलनमा गरेको त्याग, समर्पण र भूमिका चिरस्मरणीय रहेको जनाएका छन् ।

कोइराला पोखराकी पत्रकार कञ्चन थापाकी जेठाजु नाताका हुन् । प्रेस चौतारीको केन्द्रीय कमिटी बैठकका लागि दार्चुला गएकी उनी अप्रिय घटनापछि पोखरा फर्किंदैछन् ।
कोइराला परिवारमा ३ छोरामध्ये लोकेन्द्र माहिला हुन् । उनका आमा, श्रीमती, १ छोरा र ४ दिदीबहिनी छन् ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width