गण्डकी बोर्डिङका विद्यार्थी वृद्धाश्रममा (फोटो फिचर)

आदर्श समाज सम्वाददाता
मंसिर १२, २०८०
gbs cover

पोखरा । गण्डकी बोर्डिङका विद्यार्थीले पोखरा वृद्धाश्रम भ्रमण गर्नुका साथै सहयोग गरेका छन् ।

कक्षा ७ मा पढ्ने १ सय २६ जना विद्यार्थी पोखरा १७, ढुंगेसाँघुस्थित पोखरा वृद्धाश्रममा पुगी ज्येष्ठ नागरिकलाई न्यानो लुगा, खाद्यान्न तथा फलफूल वितरण गरेका हुन् । विद्यार्थी मानव मूल्य र मानवीयताको अनुभूति विकास गर्ने उद्देश्यले हरेक वर्ष सामाजिक शिक्षा तथा स्थानीय पाठ्यक्रमको पूरकको रुपमा विद्यालयले उक्त कार्यक्रम गर्दै आएको छ ।

यसबाट सामाजिक अध्ययन तथा विद्यार्थीलाई सामाजिकीकरण, सामाजिक मूल्य मान्यता तथा नैतिक शिक्षाको भावनाको विकास हुने विद्यालय प्रिन्सिपल वीरेन्द्र खड्काले बताए ।

यसैगरी, विद्यार्थीले पुम्दीभुम्दीस्थित शान्ति स्तुपामा गई ध्यान गर्नुका साथै पुम्दीकोट विशाल महादेवको मूर्तिको दर्शन गरेका छन् । विद्यार्थी साथमा ३ जना शिक्षकको परामर्शसहित विद्यार्थीलाई विभिन्न कार्यमा जिम्मेवारी तोकिँदा विद्यार्थीमा क्षमता विकास हुने अपेक्षा गरिएको छ ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width