पोखरा । लामा अमृत फाउन्डेसन घान्द्रुकका संस्थापक अमृत गुरुङले आफ्नो जन्मोत्सव वृद्धाआश्रम, मानवसेवा आश्रम छोरेपाटन र मिर्गौला पीडितलाई सहयोग गरेर मनाएका छन् ।
गुरुङले आफ्नो जन्मोत्सव पोखरा १७ छोरेपाटनस्थित मानवसेवा आश्रम र सीता पाइलास्थितको वृद्धाआश्रम र पोखरा १४ का मिर्गाैला पीडित नरबहादुर तामाङलाई खाद्यान्न सामग्रीलगायत अन्य दैनिक उपभोग्य सामग्री सहयोग गरेर जन्मोत्सव मनाएका हुन् । गुरुङले सहयोग गरेको मानवसेवा आश्रम छोरपाटनमा ६७ जना र सीता पाइलास्थित पोखरा वृद्धाश्रममा ५७ जना आश्रित छन् ।
खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री हस्तान्तरण गर्दै फाउन्डेसनका संस्थापक अमृत गुरुङले आफ्नो जन्मोत्सवमा आशीर्वाद लिन वृद्धाश्रम, मानवसेवा आश्रम पुगेको बताए ।
उनले युवा पुस्तालाई सन्देश दिने उद्देश्यले जन्मोत्सव आश्रममा मनाएको बताए । ‘यो मेरो सहयोगभन्दा पनि सन्देश हो, उनले भने,‘भोज गरेर खर्च गर्नुको सट्टा असहायको सहारा बन्न सक्नुपर्छ भन्ने हेतुले हरेक वर्ष मैले यसरी नै जन्मोत्सव मनाउने गर्दछु ।’
युवा व्यवसायी तथा समाजसेवी गुरुङले सामाजिक सेवासँगै खेलकुद विकासको क्षेत्रमासमेत काम गर्दै आएका छन् ।
Related News
सम्बन्धित समाचार
राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन
खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह
पोखरा ११ मा वृक्षरोपण
पोखरा आदर्शमा विद्यार्थी स्वागत
न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
श्रावण ११, २०८१गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१