वर्गीकरणमा होटल रेस्टुरेन्टको बेवास्ता

आदर्श समाज सम्वाददाता
मंसिर १२, २०८०
Khaddye Report Photo

पोखरा । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले गत वर्ष पोखराको लेकसाइडका होटल तथा रेस्टुरेन्टको स्वच्छता मूल्यांकन गरी स्तरीकरण गर्‍यो । जसमा १४ होटल सहभागी थिए । तीमध्ये ६ होटल तथा रेस्टुरेन्ट उत्तमको स्टिकर पाए भने ८ होटेल रेस्टुरेन्टको अवस्था सन्तोषजनक पाइयो ।

त्यसपछि मूल्यांकन तथा स्तरीकरणको कामै हुन सकेको छैन । होटल तथा रेस्टुरेन्टहरुले वास्ता नगर्दा काम अघि बढाउन गाह्रो परेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराका नि. कार्यालय प्रमुख शिवजी बरालले बताए । ‘हामीले काम अघि त बढायौं तर अपेक्षा गरे अनुुसार भएन,’ उनले भने, ‘हामीले उहाँहरुलाई तालिम पनि दिइयो । आउटपुट राम्रो थियो तर सहभागिता राम्रो भएन ।’

यो वर्ष पनि मूल्यांकन तथा स्तरीकरणलाई निरन्तरता दिने उनको भनाइ छ । ‘सहभागिता नै कम हुँदा चुनौती त छ । तर, हामी निरन्तरता दिन्छौं,’ उनले भने, ‘अघिल्लो वर्ष लेकसाइड क्षेत्रमा काम गर्‍र्यौं । यो वर्ष बजार क्षेत्रको होटल रेस्टुरेन्टमा काम थाल्छौं ।’ यो वर्षको काममा सबैको साथ आवश्यक रहेको उनले सुनाए । वर्गीकरण सम्बन्धित होटल रेस्टुरेन्ट नै अघि सर्नुपर्ने उनको भनाइ थियो । ‘हामीले आफै वर्गीकरण गर्ने होइन । उहाँहरुले नै वर्गीकरणका लागि निवेदन दिएपछि गएका प्रक्रिया अघि बढ्ने हो,’ उनले भने, ‘आगामी दिनमा निवेदन आधारमा अरु होटल रेस्टुरेन्टको पनि वर्गीकरणमा जान्छौं ।’

वर्गीकरणका लागि ५० प्रश्न सोधिन्छ । प्रश्नोत्तर आधारमा अति उत्तम, उत्तम, सन्तोषजनक र सामान्य वर्गीकरण गरिने कार्यालयका खाद्य अनुसन्धान अधिकृत दीपक कुँवरले जानकारी दिए । अति उत्तमको वर्गीकरणमा पर्न तोकिएको मापदण्ड बमोजिम ९० भन्दा बढी अंक प्राप्त गर्नुपर्छ । तर, गत वर्ष पोखराका कुनै पनि होटल रेस्टुरेन्ट अति उत्तम वर्गीकरणमा परेनन् ।

गत वर्ष पोखराका कुनै पनि होटल रेस्टुरेन्ट अति उत्तम वर्गीकरणमा परेनन् ।

प्रश्नका साथमा खानाको गुणस्तर, खाना बनाउन प्रयोग गरिने तेल लगायत सामग्री के कस्तो प्रयोग छ भन्ने जाँच गरेर मूल्यांकन गरिएको कुँवरले बताए । कामदारको व्यक्तिगत सरसफाइ, भान्छा, रेस्टुरेन्टमा बसेर खाने ठाउँ, भण्डारणसम्मको सरसफाइ हेरेर मूल्यांकन गरिने उनको भनाइ थियो ।

यसैबीच, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले प्रथम त्रैमासिक समीक्षा गरेको छ । कार्यालयले गरेको गतिविधिबारे जानकारी दिन कार्यालयले समीक्षा कार्यक्रम गरेको हो ।

डिभिजन कार्यालय बागलुङका प्राविधिक सहायक सहन्साकुमार मेहता र तनहुँका प्रमुख ज्योति आचार्यले आफ्ना क्षेत्रभित्रका जिल्लाको प्रगति विवरण सुनाएका थिए । उनीहरुले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले पोखरामा खाद्य प्रयोगशाला स्थापनापछि गण्डकीका ११ जिल्लाको काममा निकै प्रगति भएको बताए । ल्याब स्थापनापछि बजार अनुगमनसहित खाद्य सुरक्षामा सहज भएको नि. कार्यालय प्रमुख शिवजी बरालले बताए ।

पोखरामा रहेको रहेको कार्यालयले कास्की, स्याङ्जा र पर्वत जिल्लामा खाद्य गुणस्तर चेकजाँच गर्छ । बागलुङ कार्यालयले बाग्लुङसहित म्याग्दी र मुस्ताङ हेर्छ । तनहुँ कार्यालयले तनहुँुसहित लमजुङ, गोरखा, मनाङ र नवलपुर जिल्लामा काम गर्छ ।

कार्यक्रममा राष्ट्रिय उपभोक्ता मञ्च कास्की अध्यक्ष राजेन्द्र लिगलले आगामी दिनमा कार्यालयसँगै सहकार्य गर्दै अघि बढ्ने बताए । प्रदेश उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका प्रतिनिधि रामप्रसाद पौडेल, ताजा चाउमिन तथा सस उद्योग महासंघका केन्द्रीय महासचिव भानु भण्डारी ‘क्षितिज’, खाद्य अनुसन्धान अधिकृत प्रदीप काफ्ले लगायतले खाद्यको क्षेत्रमा आमागी दिनमा अझै राम्रा कार्यक्रम गर्दै जान सुझाव दिए ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width