महोत्सवलाई महिला उद्यमीले सघाउने

आदर्श समाज सम्वाददाता
मंसिर ११, २०८०
LCCI_mahila_udhhami

लेखनाथ। लेखनाथ उद्योग वाणिज्य संघले पुस ५ गते देखि १६ गतेसम्म आयोजना गर्ने १९ औं संस्करणको लेखनाथ महोत्सवलाई सफल बनाउन महिला उद्यमीले सघाउने भएका छन् । लेखनाथ उद्योग वाणिज्य संघ र महिला उद्यमी उपसमितिबीच आइतबार भएको छलफलमा उद्यमीहरुले महोत्सवलाई सफल बनाउन आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको उपसमिति संयोजक गंगाकुमारी मल्लले जानकारी दिइन् ।

उप–समितिको सह–संयोजक शर्मिला श्रेष्ठ, सदस्यहरू शर्मीला खड्का, रुपकला श्रेष्ठ, जमुना गिरी, सरस्वती गुरुङ, मनदेवी, गुरुङ, कल्पना तिवारी, सुमित्रा बञ्जारा, पम्फा देवकोटा, सोममाया तामाङ, लक्ष्मी पौडेल, सपना सुवेदी, प्रतीक्षा पौडेल, धनकुमारी पुन र पद्मा सिंखडा चयन भएका छन् । यस्तै सल्लाहकारमा इन्दिरा रोका, मेनुका श्रेष्ठ, रञ्जना बराल, पार्वती थापा, शान्ति खनाल र सूर्यकुमारी बञ्जारालाई चयन गरिएको छ ।

महोत्सवमा उद्यमीले उत्पादन गरेका हस्तकलाका सामग्री, कृषि उत्पादन एवं अन्य उत्पादनको प्रदर्शनी एवं बिक्रीका लागि निशुल्क ४ वटा स्टल उपलब्ध गराउने भएको छ ।

महोत्सवमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका लघु, घरेलु, साना–ठूला औद्योगिक तथा व्यापारिक प्रतिष्ठानका वस्तु तथा सेवा, हस्तकला, यातायातका साधनहरू, कृषि तथा पशुजन्य वस्तुहरू, विद्यालय स्तरीय शैक्षिक एवं विज्ञान सामग्री, सूचना र सञ्चार प्रविधिमा भएका नयाँ आयामको जगेर्ना, नयाँ प्रतिभाको खोजी अभियान, सांस्कृतिक जगेर्ना कार्यक्रमलगायत थुप्रै कार्यक्रम समावेश गरिएको र यसबाट स्थानीय उत्पादनको बजारीकरण, नयाँ प्रविधि तथा सिपको हस्तान्तरण, साहित्य, कला र संस्कृतिको जगेर्ना तथा आन्तरिक एवं बाह्य पर्यटक प्रवद्र्धनमा टेवा पुग्ने संघका अध्यक्ष एवं महोत्सवका संयोजक विनोद श्रेष्ठले जानकारी दिए ।

२०६१ सालदेखि सञ्चालन हुँदै आएको महोत्सवले देशको अर्थतन्त्रलाई चलायमान बनाउँदै उत्पादक र उपभोक्तालाई एउटै थलोमा जमघट गरी यस क्षेत्रको आर्थिक गतिविधि बढाउने र आन्तरिक एंव बाह्य पर्यटकहरुलाई आकर्षण गरि आन्तरिक पर्यटनलाई सहयोग पु¥याउने प्रचारप्रसार समितिका संयोजक उपेन्द्रराज सुवेदी ‘राजु’ ले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width