पाेखरामा युनिप्स खेल महोत्सव सुरू

आदर्श समाज सम्वाददाता
मंसिर ११, २०८०
Unipss

पोखरा । संस्थागत एवं निजी विद्यालयहरुको छाता संस्था (युनिप्स) नेपालको आयोजनामा पोखरामा सोमबार पाँचौ युनिप्स खेल महोत्सव सुरु भएको छ । पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा पहिलो दिन भलिबलका प्रतिस्पर्धा सुरु भए ।

छात्रछात्रा भलिबलतर्फ १६ टिमले सहभागिता जनाएको युनिप्स अध्यक्ष शान्तबहादुर गुरुङले बताए । प्रतियोगितामा छात्रछात्रा दुवैतर्फ कालिका इङलिस बोर्डिङ फाइनलमा प्रवेश गरेको छ । उपाधिका लागि छात्रतर्फ वेलनन एकेडेमीसँग छात्रातर्फ होली एञ्जलसँग प्रतिस्पर्धा गर्ने खेलकुद उपसमिति संयोजक विनोदकुमार नेपालीले बताए ।

त्यसअघि भएको सेमिफाइनलमा छात्रतर्फ कालिकाले एकता बोर्डिङलाई २५–९ र २५–१४ को सोझो सेटमा पराजित गरेको थियो । छात्रातर्फ कालिकाले एकतालाई २५–१३ र २५–२२ ले जित्दै उपाधि नजिक पुगेको हो । भलिबलमा कालिका, होली एन्जल, सिलसिला, स्माइल हेभन, गेफ, पिनाकल र एकता बोर्डिङको सहभागिता छ ।

१६ मंसिरसम्म हुने महोत्सवअन्तर्गत छात्रछात्रा भलिबल, छात्र फुटबल, छात्रारछात्रा खोखो, कवड्डी र एथलेटिक्सका खेलहरु सञ्चालन हुने छन् । महोत्सवको औपचारिक उद्घाटन १४ गते हुनेछ ।

प्रतियोगिताअन्तर्गत माविस्तरीय भलिबलसहित फुटबल, भलिबल, खोखो, कबड्डी, एथ्टिक्स लगायत खेल हुने खेलकुद उपसमिति संयोजक नेपालीले जनाए ।

प्रतियोगितामा युनिप्समा आवद्ध रहेका १८ विद्यालयका ४ हजारभन्दा बढी खेलाडीहरुले सहभागिता जनाउने आयोजकले जनायो । प्रतियोगिता सम्पन्न गर्न करिब १२ लाख खर्च हुने आयोजकको अनुमान छ । यसअघि कोरोनाका कारण ३ वर्षदेखि महोत्सव रोकिएको थियो ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width