पोखरामा आइटिएफ जे–३० टेनिस सुरु

आदर्श समाज सम्वाददाता
मंसिर ११, २०८०
tennis~second

पोखरा । कास्की जिल्ला टेनिस संघ आयोजनामा सोमबारदेखि यहाँ आइटीएफ जे–३० टेनिस प्रतियोगिता सुरु भएको छ ।

पोखरा रंगशालामा २ सातासम्म चल्ने प्रतियोगिताको पहिलो दिन पुरुष एकलतर्फ उद्घाटनमा एलेक्जे सिभइवले भारतका एस पन्चाछरीलाई ६–०, ५–० (रिटायर्ट हर्ट), भारतका प्रनिल शर्माले नेपालका निहाल जंगबहादुर थापालाई ६–४,६–१, अमेरिकाका आरव सम्राट हाडाले भारतका सौर्य भारद्वाजलाई ६–२, ६–१ ले हराए । भारतका अनिकेत बेन्करटामनले जापानका इपे माट्सुसिमालाई ६–३ र ६–१, नेपालका प्रनव मानन्धरले भारतका आहन सेट्टीलाई ६–४ र ६–२, नेपालकै आर्यन गिरीले भारतका आयन सेट्टीलाई ७–५ र ६–२ ले पराजित गर्दै दोस्रो चरणमा स्थान बनाए ।

यसैगरी, भारतका आरब बर्माले क्वानडाका जसराजसिंह जगदेवलाई ६–७, ६–१ र ६–२, जापानका रिकु हिगासीले भारतका डिगान्त एमलाई ६–४,२–६ र ६–० र नेपालका आयुषमान हजुर घलेले भारतका दक्ष कुक्रेटीलाई ६–३, ६–४ ले पराजित गरे ।

महिला एकलतर्फ भारतका यासिका सोकिनले नेपालकी सुनिरा थापालाई ६–१ र ६–१ ले पाखा लगाइन् ।

पुरुषतर्फ क्वालिफाइङ र मेन ड्र गरी ६४ खेलाडीले भाग लिएका छन् । महिलातर्फ विभिन्न राष्ट्रका ४७ खेलाडीको सहभागिता छ ।

पुरुषतर्फ नेपालबाट १०, भारतबाट ४४, जापानबाट ४, अमेरिकाबाट २, रसिया १, क्यानडा १, चाइना र श्रीलंकाबाट १–१ जना खेलाडीले भाग लिएका छन् ।

महिलातर्फ नेपालबाट ७, भारतबाट ३०, जापान, थाइल्याण्ड, अमेरिका, नर्वे, काजकिस्तानबाट १–१ जनाले भाग लिएको आयोजकले जनायो । खेलका लागि खेलाडी, प्रशिक्षक तथा अभिभावकसहित झण्डै ३ सय जना पोखरा आएका छन् ।

विजेताले ३० अंक, उपविजेताले १८, सेमिफाइनलिस्टले ९, क्वाटरफाइनलिस्टले ५ र राउन्ड अफ सिक्टिन पुग्नेले आइटिएफको २ अंक प्राप्त गर्ने टेक्निकल डाइरेक्टर अजय विष्टले बताए ।

प्रतियोगिताको गण्डकी प्रदेश सामाजिक, स्वास्थ्य तथा खेलकुद मन्त्री सुसिला सिंखडाले प्राविधिक निर्देशक प्रवीण नायक र प्रतियोगिता निर्देशक अजय विष्टलाई बल हस्तान्तरण गरी उद्घाटन गरिन् । उनले टेनिस संघले आयोजना गर्दै आएको अन्तर्राष्ट्रिय प्रतियोगिताले पोखराको पर्यटन विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइन् । उनले टेनिस विकासका लागि मन्त्रालयतर्फबाट अभिभावकको भूमिका निर्वाह गर्ने मन्त्री प्रतिवद्धता जनाइन् ।

कार्यक्रममा नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयका नि.कार्यालय प्रमुख नवीन पोखरेल, आयोजक संघ अध्यक्ष लोक गुरुङ, उपाध्यक्ष नवीन चालिसे र सचिव नवीन श्रेष्ठले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width