शिक्षासेवी भीमराज रहेनन्

आदर्श समाज सम्वाददाता
मंसिर ११, २०८०
Bhimraj

पोखरा । पोखरा–२५, बासबोट निवासी शिक्षासेवी भीमराज शर्मा पौडेलको निधन भएको छ ।

उच्च रक्तचाप पीडित पौडेलको शनिबार बिहान ६५ वर्षको उमेरमा नेपालगञ्जस्थित टिचिङ अस्पतालमा निधन भएको हो । यसबीचमा उनी तिहारको टीका लगाउन बासबोटबाट दाइको घर कोहलपुर गएकोमा बिरामी भई उपचाररत थिए ।

उनको आइतबार कोहलपुरमै अन्त्येष्टि गरिएकोमा छोरा छविरमण पौडेलले दागबत्ती दिए ।

स्व: पौडेल तत्कालीन टुँडीखेल तथा हेमजा स्रोतकेन्द्रका स्रोतव्यक्ति हुन् । उनले अम्बिका माविमा प्रधानाध्यापक तथा मेश्रम वराह मावि घान्द्रुक, वराह मावि धितालमा शिक्षक भई सेवा गरेका थिए ।

शिक्षाक्षेत्रबाट अवकाश भएसँगै पछिल्लो समय उनी नेपाली कांग्रेसको राजनीतिमा सक्रिय थिए ।

उनी कांग्रेस पोखरा २५ का हाल सचिव हुन् ।

पौडेलका श्रीमती, दाइ, २ छोरा, २ छोरी, बुहारी १ तथा ४ जना नातिनातिना छन् ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width