एक्यापको मनोमानी कहिले हट्छ ?

आदर्श समाज सम्वाददाता
मंसिर १०, २०८०
annapurna gaupalika progrem photo

पोखरा । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) बाट आफूहरू हैरान भएको अन्नपूर्ण गाउँपालिकावासीले गुनासो गरेका छन् । शुक्रबार अन्नपूर्ण ९ को तिखेढुंगामा गाउँपालिकाले आयोजना गरेकोे चालु आवको प्रथम चौमासिक अवधिको सार्वजनिक सुनुवाइमा स्थानीयले यस्तो गुनासो गरेका हुन् । पालिकावासीले आफूहरूलाई एक्यापले स–साना कुरामा पनि दुख दिने गरेको भन्दै सो क्षेत्रबाट आयोजना हटाउन माग गरे ।

अन्नपूर्ण ८ का टंकप्रसाद सुवेदीले एक्यापले विभिन्न शीर्षकमा जनताबाट मोटो रकम असुल्ने गरे पनि त्यसको तुलनामा लगानी भने न्यून गर्ने गरेको दाबी गरे । ‘हाम्रो क्षेत्रमा पहिला आयोजनाले वर्षको १५÷१६ लाख लगानी गर्दथ्र्यो तर अहिले एक रुपैयाँ गरेको थाहा छैन,’ उनले भने ।

वीरेठाँटी हुँदै उल्लेरी जोड्ने सडकको स्तरोन्नति गर्नुपर्ने, मोदीखोलामा अन्नपूर्ण ७ का स्थानीयले जस्तै ८ वासीले पनि विधिसम्मत् बालुवा बेचबिखन गर्न पाउनुपर्ने, मोदीखोला जलविद्युत् आयोजनाले जलविद्युत्को मापदण्ड नमानेको भन्दै त्यसतर्फ पालिका नेतृत्वको ध्यानाकर्षण गराए ।

उल्लेरीका गुनबहादुर पुनले सुकुमवासीले निशा पाए पनि लामो समयसम्म लालपुर्जा पाउन नसकेको भन्दै दुखेसो पोखे । कतै यसमा पनि एक्याप नै जोडिएको छ कि भन्ने जनताको शंका छ । त्यसको बेलैमा समाधान खोज्नुुपर्ने उनले सुझाए । व्यवसाय कर तिर्न आफूहरू तयार रहेको भन्दै पुनले उठाउन पालिकासँग आग्रह गरे । त्यसका साथै भुरुङदीखोलामा मोटरेबल पुल अत्यावश्यक रहेको उनले सुनाए ।

उल्लेरीका सु.इन्द्रबहादुर पुनले यात्रुवाहक सवारीसाधनबाट त्यस क्षेत्रमा आवतजावत गर्ने यात्रुहरू ठगिरहेको जनाउँदै पालिकाले भाडादर निर्धारणमा पहल लिनुपर्ने आवाज उठाए ।

स्थानीय भगवती माविका लेखापाल खेमबहादुर पुनले विद्यालयमा शिक्षक व्यवस्थापन चुनौतीपूर्ण बनेको जनाउँदै दरबन्दी वा अनुदानमै भए पनि शिक्षक व्यवस्थापनमा भूमिका खेलिदिन आग्रह गरे ।

हाम्रो कुरा त सकभर खारेजी नै गरौं भन्ने हो, दिनप्रतिदिन जनता गरिब बनाउने यही एक्याप हो

जवाफमा गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले एक्यापलाई अब संघीय ढाँचामा लैजानुपर्ने जनाए । हाम्रो कुरा त सकभर खारेजी नै गरौं भन्ने हो, दिनप्रतिदिन जनता गरिब बनाउने यही एक्याप हो, यसले जनताताई धेरै नै निराश बनाएको छ ।

अध्यक्ष केसीले एक्यापकै कारण भूमिहीनलाई लालपूर्जा वितरण गर्न रोकिएको स्पष्ट पारे । उनले अन्नपूर्ण ९ लाई आलु तथा सुन्तला पकेट क्षेत्रका रुपमा विकास गर्न खोजिएको पनि जनाए । मोदी हाइड्रोपावरको ज्यादती रोक्न सरोकारवाला सबै लाग्नुपर्ने भन्दै अध्यक्ष केसीले कास्की अन्नपूर्ण तथा म्याग्दी अन्नपूर्ण गाउँपालिका जोड्ने गरी निर्माणाधीन मुक्ति मार्गको स्तरोन्नतिमा पालिकाले ध्यान लिने प्रतिबद्धता जनाए ।

उपाध्यक्ष चन्द्रकला अधिकारीले सीमित स्रोतसाधनबीच कार्य गर्नुपर्दा अपेक्षित जनचाहना पूरा गर्न नसकिएको स्पष्ट पार्दै अन्नपूर्ण ९ मा महिला लक्षित कार्यक्रम सञ्चालन गर्न सुझाव दिइन् । उनले सुनुवाइमा प्राय मानव विकास ओझेलमा पर्ने गरेको स्मरण गर्दै भौतिक विकास मात्रै सबै थोक नभएको धारणा राखिन् ।

प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटाले चालु आवको प्रथम चौमासिक अवधिमा भए गरेका क्रियाकलापको संक्षिप्त प्रतिवेदन पेस गर्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको अन्नपूर्ण आधार शिविर भ्रमणमा सहजीकरण गरिएको बताए ।

गाउँपालिकामा सेवाग्राहीका लागि प्रतीक्षा कक्ष स्थापना गरिएको, कात्तिकसम्म कुल ५३ लाख ६८ हजार राजस्व संकलन भएको, मौरी प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिएकोे, शिक्षकहरूको कार्यसम्पादन मूल्यांकन गर्ने गरिएको, कोभिड १९ को क्युआर प्रमाणीकरण भएको, आयुर्वेदतर्फ ज्येष्ठ नागरिक सेवा कार्यक्रम सम्पन्न गरिएको, पालिका कार्यालयमा फ्रि वाइफाई व्यवस्था, राजस्व संकलन तथा योजना सम्झौता अनलाइन प्रणालीमार्फत् गर्ने गरिएको लगायत प्रथम चौमासिकका उपलब्धि भएको स्मरण गरे ।

प्रवक्ता एवं वडा नं. ७ का अध्यक्ष भरतमान गुरुङले मुख्य कुरा सडक स्तरोन्नति हो भन्दै अरु विकासका पूर्वाधारहरू क्रमश पूरा हुँदै जाने औंल्याए । त्यस अवसरमा जवाफदेहीको तर्फबाट वडा नं. ९ का अध्यक्ष रमेश गुरुङ, वडा नं. ५ का अध्यक्ष जीवनाथ पौडेल (शंकर) लगायतले पनि भनाइ राखे । त्यस्तै शिक्षा शाखा प्रमुख बलराम भुगाईं, स्वास्थ्य शाखा प्रमुख ऋषिराम पौडेललगायतले विषयगत सवालको जवाफ दिएका थिए ।

सुनुवाई लक्षित नागरिक प्रतिवेदनमार्फत् पालिकावासीले अनुदानका कुराहरू सबै वडावासीले समान रुपमा पाउनुपर्ने, वडा भवन बनेजस्तै अब पालिकाको प्रशासनिक भवन निर्माणतर्फ ध्यान दिनुपर्ने, पालिकामा भएजस्तै वडास्तरमा पनि सार्वजनिक सुनुवाई गर्नुपर्नेलगायत आवाज उठाएका छन् ।

सुनुवाईमा अग्रज पत्रकार कृष्णप्रसाद बास्तोला, गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ऋषिराम पौडेल, विपद् व्यवस्थापन शाखा प्रमुख नारायण क्षत्री र राजस्व शाखा प्रमुख बुलन्दबहादुर भण्डारीले टिपोर्टकर्ताको भूमिका निर्वाह गरे ।

गाउँपालिका अध्यक्ष केसीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वडा नं. ९ का अध्यक्ष गुरुङले स्वागत तथा पत्रकार श्रीभद्र पौडेलले सहजीकरण गरे ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width