नेपालमा क्रिकेट भित्राउने ब्राइनको स्मृतिमा गण्डकी बोर्डिङमा क्रिकेट टुर्नामेन्ट

आदर्श समाज सम्वाददाता
मंसिर ८, २०८०
399903332_364550442768632_682785305397899837_n

पोखरा । गण्डकी बोर्डिङमा शुक्रबारदेखि ब्राइनउड मेमोरियल क्रिकेट टुर्नामेन्ट तथा एभरेष्ट बास्केटबल टुर्नामेन्ट सुरु भएको छ । विद्यालयको संयोजनमा कक्षा १२ का विद्यार्थीले आयोजना गरेको सो प्रतियोगिता मंसिर ३० सम्म चल्नेछ ।

प्रतियोगिताको कास्की जिल्ला क्रिकेट संघका निवर्तमान अध्यक्ष देवेन्सन प्रजु, कास्की जिल्ला बास्केटबल संघ अध्यक्ष कृष्ण गुरुङ र विद्यालय प्रिन्पिसल वीरेन्द्र खड्काले संयुक्तरुपमा उद्घाटन गरे ।

छात्रतर्फ क्रिकेटको छैटौं तथा छात्रातर्फ बास्केटबलको चौंथो संस्करण हो । दुवैतर्फ ६ टिमले भाग लिएका थिए । क्रिकेटमा कक्षा ८ देखि १२ सम्म पढ्ने विद्यार्थीको टिम तयार छ । कक्षा १२ का मात्रै २ टिम छन् । बास्केटबलमा कक्षा ७ देखि १२ का विद्यार्थीको एक–एक टिमले भाग लिएका छन् ।

शुक्रबार कक्षा १० र १२ का टिमबीच क्रिकेट प्रतियोगिताको उद्घाटन खेल भएको क्रिकेट टुर्नामेन्ट प्रेसिडेन्ट सुफल कडरियाले बताए ।

कार्यक्रममा कास्की जिल्ला बास्केटबल संघ अध्यक्ष कृष्ण गुरुङ र कास्की जिल्ला क्रिकेट संघका निवर्तमान अध्यक्ष देवेन्सन प्रजुले विद्यार्थीको शारीरिक र मानसिक विकासमा यसप्रकारका प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

प्रिन्सिपल वीरेन्द्र खड्काले विद्यालयका पूर्व प्रिन्सिपल अष्ट्रेलियन नागरिक ब्राइन उडको स्मृतिमा कक्षा १२ ले आयोजना गर्ने प्रतियोगितामा विद्यालयले संयोजन गरिदिँदै आएको बताए । भलिबल प्रशिक्षकसमेत रहेका प्रिन्सिपल खड्काले विद्यार्थीलाई आयोजनाको जिम्मा दिँदा उनीहरुमा व्यवस्थापनको सिप बढ्नुको साथै आत्मविश्वास बढ्ने बताए । कार्यक्रममा खोखोका गण्डकी प्रदेश अध्यक्ष एवं ह्यान्डबल संघ कास्की अध्यक्ष चित्रबहादुर थापालगायत, विद्यालय शिक्षक, कर्मचारी, अभिभावक र विद्यार्थीको सहभागिता थियो ।

उद्घाटनमा विद्यार्थी वैभव पराजुली र शिक्षक लक्ष्मीनन्द ढकालको नेतृत्वमा निर्मित ट्रफी डिस्प्ले भयो । साथै विद्यार्थी नाचगान प्रस्तुत गरे ।

विजयीलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने वेस्ट प्लेयर, इमर्जिङ प्लेयर र फेयर प्ले टिमलाई पुरस्कृत गरिने विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख मानबहादुर थापाले बताए । कार्यक्रमका स्वागत बास्केटबल टुर्नामेन्ट प्रेसिडेन्ट प्रतीक्षा खड्का र सञ्चालन विद्यार्थी सृष्टि पोखरेल, सृष्टि कोइराला, कृतिका पौडेल र संस्कृति श्रेष्ठले गरेका थिए । त्यस्तै, विद्यार्थी डिग्गज गौतमले हालैमात्र आइओएम छात्रवृत्तिमा नाम निकालेमा सम्मानित भए ।

सन् १९७७ देखि ८० सम्म विद्यालय प्रिन्सिपल ब्राइन उड एबिसी ट्रेक जाँदा हिउँमा परेर ज्यान गुमाएका थिए । नेपालमा क्रिकेट भित्राउनुमा पनि उनको योगदान रहेको प्रिन्सिपल खड्काले बताए ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width